धरान । धरान फुटबल फ्यान क्लबले गर्मी विदालाई लक्षित गरेर धरानमा १० दिने फुटबल प्रशिक्षण क्याम्प गर्ने भएको छ ।
धरान–१६ स्थित धरान रंगशालामा श्रावण ६ गतेदेखि १५ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न स्कुलका करिब १५० विद्यार्थीहरु सहभागी हुने क्लबका अध्यक्ष अशोककुमार राईले जानकारी दिए ।
विद्यालय स्तरमा बालबालिकाहरुलाई फुटवलको चेत जगाउन र दक्ष खेलाडी उत्पादनका लागि प्रत्येक पत्र क्याम्प संचालन गरिदै आएको क्लवका महासचिव रामकृष्ण खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रशिक्षणमा एएफसि लाइसेन्स प्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराइने महासचिव खड्काले बताए । सुवास केसी, राजन मगर, भगवती राना, हेम गुरुङ, सुरज विक, विनय श्रेष्ठलगायतले प्रशिक्षण दिने बताइएको छ ।