भारत प्रशासित कश्मिरमा जारी तनावका कारण पाकिस्तान सरकारमा निकै दिक्दारी देखिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइतबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुले पनि तपाईं यो अनुमान गर्न सक्नुहुन्छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा नेताहरुसँगै सैन्य अधिकारी पनि हुन्छन् । यो बैठकपछि वक्तव्य जारी गर्दै प्रधानमन्त्री खानले भारतको आक्रामक रवैयाबाट सङ्कट उत्पन्न हुन सक्ने बताएका छन् ।

‘कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानबाट मात्रै दक्षिण एसियामा शान्ति र सुरक्षाको मार्ग प्रशस्त हुन्छ ।’ उनले भनेका छन् ।

भारत प्रशासित कश्मिरमा के भइरहेको छ पाकिस्तानी मिडियामा केही बताइएको छैन । मात्र भारत प्रशासित कश्मिरमा सेना पठाइएको छ र पर्यटक र विद्यार्थी निस्किएर हिंडिरहेको सूचना आइरहेको छ ।

Pak1

यसबाट कुनै आक्रामक कदमको तयारी भइरहेको अनुमान लगाउन सकिन्छ । यस विषयमा पाकिस्तानी सरकार निकै चिन्तामा छ ।

बीबीसीका पाकिस्तानी संवाददाता हारुन रशीदले सर्वसाधारण के गरिरहेका छन् भन्ने बारे लेखेका छन् ।

कश्मिरको वर्तमान अवस्थालाई मध्येनजर गर्दै पाकिस्तानका नागरिकले वर्तमान अवस्थामा लडाइँ हुन नहुने बताइरहेका छन् ।

अहिले निकै कष्टपूर्ण अवस्था रहेको बताइएको छ । पाकिस्तानमा आर्थिक सङ्कट चलिरहेको छ । यस्तो अवस्थामा भारतले युद्ध आक्रमणको कदम चालेको अवस्थामा पाकिस्तानको अवस्था नाजुक हुन सक्छ । र, सम्पूर्ण क्षेत्र अशान्त हुन सक्छ ।

पाकिस्तान अस्थिर भएपछि अफगानिस्तानमा समेत असर पर्ने छ । किनभने चीनसँग उसको सम्बन्ध छ र ऊ प्रभावित हुनसक्छ । यसका साथै इरानसँगको सीमामा अवस्था तनावपूर्ण हुनसक्छ । यसैले युद्धको अवस्था कसैका लागि फलदायी हुन सक्दैन ।

मानिसहरुले युद्धको माहोल बन्न नहुने बताइरहेका छन् ।

pak2

पाकिस्तानी सेनाले आफ्नो आगामी कदमका बारेमा केही जानकारी दिएको छैन । तर पाकिस्तान प्रशासित कश्मिर र नियन्त्रण रेखाका नजिक केही गतिविधि भइरहेका छन् ।

भारत प्रशासित कश्मिरमा अतिरिक्त सुरक्षा बल आएपछि त्यहाँ पनि सुरक्षा बल पठाइएको छ । यद्यपि सङ्ख्या भने थाहा हुन सकेको छैन ।

ट्याङ्क र मसिनरी पठाइएको खबर छ । सोसल मिडियामा भिडियो आइरहेको छ ।

हालै पाकिस्तानले भारतीय सेनाले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरिरहेको आरोप लगाउँदै कलस्टर बमको प्रयोग गरेको आरोप लगाएको थियो ।

शङ्कास्पद वस्तु नउठाउन प्रशासनका तर्फबाट सर्वसाधारणलाई उर्दी जारी गरिएको छ । त्यो बम पनि हुन सक्ने चेतावनी दिइएको छ ।

ग्रामीण इलाकामा भेटिएका हतियारको लाइसेन्स नवीकरण गर्न र शुल्क जम्मा गर्न भनिएको छ । 

तर, पाकिस्तान प्रशासित कश्मिरमा राष्ट्रपतिले यी नियममा छुट दिएका छन् । वर्तमान अवस्थापछि स्थितिसँग जुध्न यो कदम उठाइएको अनुमान गरिएको छ ।

- बीबीसी