Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /विशेष
विशेष

कात्तिकले ल्यायो डोम समुदायमा खुशी

र रासस कार्तिक ५, २०७६ ४ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
कात्तिकले ल्यायो डोम समुदायमा खुशी
तस्बिर : गुगल

महोत्तरी । घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना तयार गर्न भ्याइनभ्याई परेपछि प्रगाशसहितका महोत्तरीका सबैजसो गाउँ/नगर बस्तीका डोम समुदायको ब्यस्तता बढेको हो ।

महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रो प्रगाशको घरसंसार हो । दशैं सिद्धिएर कात्तिक कृष्णपक्ष शुरु हुनासाथ प्रगाश दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना बनाउन ब्यस्त हुनुभएको हो । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै ओछ्यानमा ढलेका प्रगाश बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पुर्याउछन्र ।

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथ प्रगाशजस्तै महोत्तरीसहितका मध्यपूर्वी तराईका अतिविपन्न डोम समुदायको अनुहारमा खुशी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा शुरु हुने छठ पर्वमा आफ्नो शीपले बजार पाउने भएपछि यी पर्व डोमका लागि खुशी र उमङ्गको बन्ने गरेको छ ।

बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका सामान (चोया र कप्टेराबाट बन्ने राखनधरनका सामान) बनाउने पूख्र्यौली पेशाका डोम दीपावली र छठमा यी सामानको माग बढ्ने भएपछि खुशी देखिने गरेका हुन् । दीपावली र छठ नजिकिँदै आउँदा यहाँका अतिविपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमैं खुशी छाउने गरेको छ ।

यहाँ दीपावली र छठमा बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, कोनियाँ र पङ्खासहितका सामान पूजाआराधनासँगै जोडिने भएकाले यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले ब्यस्तता बढेको हो । डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् ।

घरमूलीदेखि पाँच/सात वर्ष उमेर कटेका नानीहरु पनि लगनका साथ काममा ब्यस्त भएका देखिदो छ । अन्य बेला अभाव नै अभावमा गुजारा चलाउने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको नगद खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाइँदैन,” भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्छन् – “स–साना नानीहरुको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आस साँचेका हुन्छौं ।” अन्य बेला आफ्ना शीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्न पर्ने दबाब हुने गरेको प्रगाशको थप भनाइ छ ।

दीपावली नजिकिएर बाबु/आमा काममा ब्यस्त भएसँगै सामान बनाइदिन भन्न आउने ग्राहक बाक्लिएपछि स–साना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । “माय, दिबालीआ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी लादिहे,” (आँमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनु होला) पर्वका लागि माग भएका कप्टेरा र चोयाका सामान बुनिरहेकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका छ वर्षीय छोरा रमुवा मरिकले माग गरे ।

रामकलीले रमुवालाई दीपावलीमा चङ्गा ल्याइदिने बताउनुभएको छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक हो भन्ने कुराबारे पूरै बेखबर डोमहरु स–साना पराले झोपडीमा पुस्तौंदेखि गुजारा चलाइरहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नि संस्कारमा आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेशाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

तिहार र छठ चैं आपूmहरुले पनि निष्ठापूर्वक मनाउने भएकाले यी पर्वमा प्रयोग हुने सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाउने गरिएको डोमहरु बताउँछन् । जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येक जसो बस्तीको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् ।

मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका डोमको नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोशेली बनाउने, स–साना नानीको रहर पूरा गरेर वर्षको अन्तसम्म नून तेलको जोहोसमेत तिहार र छठको कमाइबाट हुने गरेको छ । “गरीब छौं, चाहिंदो खर्चको पनि अभाव छ तर, स–साना नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्,” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका रामलाल मरिकले भने – “नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर हामी पूरा गर्छौं ।”

मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत जाति समुदाय, गरीब र दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका डोम जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ ।

सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की राजनीतिक कार्यकर्ता हीरादेवी दाहाल बताउनुहुन्छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
कार्तिक ११, २०८३
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कार्तिक ११, २०८३
भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
कार्तिक ११, २०८३
छापा संस्करण [ePaper]
  1. कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
    कार्तिक ११, २०८३
  2. सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
    कार्तिक ११, २०८३
  3. भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
    कार्तिक ११, २०८३
  4. नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
    कार्तिक ११, २०८३
  5. एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    कार्तिक ११, २०८३
  6. तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट
    कार्तिक ११, २०८३
  7. सुनको मूल्य बढ्यो: चाँदीको घट्यो
    कार्तिक ११, २०८३
  8. व्यवसायीको निधनले शोकमा वालिङ
    कार्तिक ११, २०८३
  9. भरुवा बन्दुकसहित एक जना पक्राउ
    कार्तिक ११, २०८३
  10. सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
    कार्तिक ११, २०८३
  11. धनकुटा अस्पतालमा शल्यक्रिया शिविर सुरु
    कार्तिक १०, २०८३
  12. पिजफायरकी हिसाबकिताब हेर्ने महिलामाथि दुरुत्साहन मुद्दा
    कार्तिक १०, २०८३
  13. मौसम पूर्वानुमान महाशाखाको अनुरोधः भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहनुस्
    कार्तिक १०, २०८३
  14. १० दिनदेखि सशस्त्रको नियन्त्रणमा भारतीय गाडी, गाडीधनीले प्रहरीमाथि उठाए प्रश्न
    कार्तिक १०, २०८३
  15. सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार
    कार्तिक १०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड