सरोज श्रेष्ठ

पूर्व अध्यक्ष
सुनसरी उद्योग वाणिज्य संघ सुनसरी 

  • धरानमा करको अवस्था कस्तो छ ?

विशेष रूपमा धरान उपमहानगरपालिका स्थानिय तहले आफ्नो क्षेत्रमा व्यापार व्यावसाय गर्नेलाई निश्चित कर निर्धारण गरेर कर उठाउन पाउँछन् तर पनि पछिल्लो क्रममा अलिकति कर बढी भयो र व्यावसायीले धान्न नसक्ने गरी नगरपालिकाले तोक्यो भन्ने जनगुनासो आएको छ । त्यो केही हदसम्म सत्य पनि हो किनभने अघिल्लो वर्ष सुनसरी उद्योग वाणिज्य संघबाट नेतृत्व गर्ने हाम्रा साथीहरु गृहकार्य नभएको कारणले पनि नगरपालिकाले धेरै कर वृद्धि गर्न पुगेको हो । तर त्यसलाई पछि सबैतिरको व्यवसायीहरूको गुनासोलाई नगरपालिकाले व्यावसायीले दिन सक्ने कति हो त भन्ने कुरा पुनरावलोकन गरिएको थियो ।
तर पनि स्थानीय निकायले कर निर्धारण गर्दा व्यावसायीक र व्यवसायको कारोबारको अवस्था हेरेर निर्धारण गर्यो भने अवश्य पनि विवाद हुदैन । करको दायरामा आएकाहरुलाई मात्रा बढाउनु भन्दा पनि करको दायरामा नआएकाहरु सबैलाई करको दायरामा ल्याउन सकियो भने निरन्तर तिर्नेलाई मात्र अत्याधिक कर वृद्धिगर्नु पर्दैन । यो कुरा स्थानीय तहमा पनि लागु हुन्छ, प्रदेश सरकारमा लागु हुन्छ र केन्द्रीय सरकारमा पनि लागु हुन्छ ।
त्यो तर्फ तीनै तहको सरकारले विशेष ध्यान दियो भने अवश्य पनि कर तिरी रहेको व्यावसायीहरुलाई यतिठूलो लोड पर्दैन भन्ने लाग्दछ । जुन कुरा अहिलेका उम्मेदवारले पनि भन्न थाल्नुभएको छ ।

  • मेयरका उम्म्मेदवारहरुले कर समायोजन गर्छु भनेका छन, त्यो कसरी सम्भव छ ?

नेकपाको उमेद्वार प्रकाश राईले करमा वृद्धि भएको हो म समायोजन गर्छु भन्नुभएको छ । उक्त कुरा स्वागतयोग्य रहेको छ । भोलिको दिनमा कुनै क्षेत्रका व्यवसायीहरूलाई करको दर बढी छ भने त्यो पुनरवलोकन गरिनुपर्छ । त्यो स्थानीय सरकारको समेत अधिकार क्षेत्रभित्र भएको छ । जबसम्म व्यावसायलाई खुसी पार्न, जनतालाई खुसी पार्न सकिदैन तबसम्म स्थानीय निकाय सफल हुँदैन । त्यो तर्फ अहिले जुन उम्मेदवारीको क्रममा विषयहरु आएका छन् वास्तवमा त्यो स्वागतयोग्य रहेको छ ।
अहिले भइरहेको करको विषयमा विभिन्न सरोकारवालाहरुसँग बसेर छलफल गरियो भने कुनै क्षेत्रमा अत्याधिक कर वृद्दी भएको हुनसक्छ । किनभने गतसाल पनि नगरपालिकाको अत्याधिक कर वृद्धिगरेहको गर्दै पीडित भएर नेपाली काङ्ग्रेसले विरोध गर्दाको अवस्थामा उद्योग वाणिज्य संघ आफैले पनि विरोध गरेको अवस्थामा सबै बसेर पनरावलोकन भएको थियो । त्यसमा केही त्रुटि पनि भएको थियो । भोलिका दिनमा अझै पनि त्यस्तो अत्याधिक कर छन् भनेर आउन सक्छ । धरानको व्यापार हिजोको दिनमा जुन फस्टाउँदो हिसाबले गइरहेको थियो । त्यो अहिले नभएको हुनाले व्यावसायीलाई कर मात्रै वृद्धि भयो भन्ने भएकोले पनि बढी कर भयो भने व्यावसायीहरु भएको होला । यसलाई नगरपालिकाले समायोन गर्न सक्छ भन्ने लाग्दछ । त्यसो भयो भने व्यवसायीलाई पनि आफूलाई आफ्नो क्षेत्रमा ढुक्कसंगले व्यावसाय गर्न वातावरण बन्छ भन्ने लाग्दछ ।

  • अबको नगर प्रमुखले व्यावसायीहरूका लागि के कस्तो कामहरू गर्न जरूरी छ ?

 विशेषरुपमा अब आउने नगरप्रमुखले जसरी एउटा धरान पहिले पूर्वाञ्चलकी केन्द्रविन्दुको रुपमा व्यापार व्यावसायको क्षेत्र ओगटेको थियो । धरान सम्पूर्ण पहाडी भेगहरुमा व्यापार केन्द्रित हुन्थ्यो भने आज त्यो बिस्तारै बजारीकरण र शहरीकरण बढ्दै गएपछि कम भएको छ । अहिले पनि धरानको निम्ति मदन भण्डारी राजमार्ग, किमाथाङ्का राजमार्ग यस्ता विभिन्न सडक सञ्जालहरु साथै एक आपसमा जोड्ने सडकहरुको बन्ने क्रममा छन् । जस्तै अहिले सर्दु र सेउतीको पुल बन्यो । एक आपसमा जोड्ने सडकहरु धरानमा दिनप्रतिदिन बन्दै जोडिँदैछ । यसको निम्ति धरानको व्यापार व्यवसाय फस्टाउनको निम्ति व्यापार व्यावसायको हबको रुपमा विकास गर्नको निम्ति नगरपालिकाले भावी योजनाहरुमा कुन व्यापार व्यवसायबाट हाम्रो धरानको व्यापारलाई पलायन हुनबाट रोक्नको लागि योजना ल्याउन सक्छ । जसले गर्दा धरानको पहिला जुन प्रकारको साख थियो त्यो साखलाई जोगाउन सक्छ ।

  • करको दायरामा सबैलाई ल्याएमा अहिलेको करको भार कतिको हटाउन सकिन्छ ?

हिजोको मेरो अनुभवमा हामीले सिमित बजार क्षेत्रको मात्र व्यापार व्यावसायलाई करको दायरामा नगरपालिकाले समेटेको छ । अहिले धरान नगरपालिका हिजोको भन्दा बढेर ठूलो भएको छ । हिजोको समयमा पानवारीमा बजार थिएनन् । गाउँ मात्रै रहेको थियो । आज त्यहाँ पनि ठूलो बजार भइसकेको छ । बैंकको शाखाहरु खुल्न थालिसकेको छ । त्यसलाई पनि हामीले समावेश गर्दा खेरी करको दायरामा ल्याउँदा खेरि करलाई २५ देखि ३० प्रतिशतसम्म वृद्धि गर्न सक्छौ । त्यसको लागि नगरपालिकाले गृहकार्य गर्न जरुरी रहेको छ करको दरमा भन्दा पनि करको दायरा नै बढाउनुपर्ने छ । नेपाल सरकारलाई स्थानीय र प्रदेश सरकारलाई पनि यही भन्छौँ । करको दायरामा ल्याउनु नै उपयुक्त समाधान हो ।