• अहिले नेकपाको चुनावी तयारी कस्तो भइरहेको छ ?

पहिलो कुरा त २०७४ साल असार १४ गते सम्पन भएको स्थानीय तहको निर्वाचनमा धराने जनताले विजय गराएका धराने जनताका नेता तथा अगुवा कमरेड तारा सुब्बा र धरान ७ का वडा अध्यक्ष कमरेड भुपेन्द्र राज मोक्तान वहाँहरु निर्वाचित भएको १ वर्षमा नै दुस्खद निधन भयो र शोकमा पनि डुब्यौ दुस्ख, पिडा भोग्यौ । त्यो पिडालाइ हामीले शक्तीमा परिणत गर्दै अहिले हामी उपनिर्वाचनमा जुटेका छौ ।

नेकपा एमाले र नेकपा बामपंथी केन्द्रले छुट्टाछुट्टै प्रतिबद्धता व्यक्त गरेर हामी २०७४ सालमा मैदानमा थियौ । तर अहिले हामी एक भएका छौं । अहिले विगतका प्रतिबद्धताहरुलाई हामीले साझा प्रतिबद्धता बनाएका छौं । हामी अहिले निर्वाचन परिचालन कमिटी गठन गरेर २० वटै वडामा अभियान चलाएका छौं । र जाती, धर्म, पेशा, समुदाय समक्ष पनि हाम्रो अभियान पुगेको छ । विशेष त धरानको समृद्धि र विकासको लागि नेकपाले विगतदेखि गर्दै आएको योगदानकोे चर्चा गर्दै त्यसको बारेमा जानकारी गराउदैं आगामी हाम्रो कार्यक्रम र एजेन्डा लिएर गएका छौ भन्ने कुराहरु जनजनमा पुर्याउने गरेका छौ ।


  •  मेयर पदको लागि प्रकाश राईलाई अघि सारेको छ धराने जनताले उनलाई जिताउनु पर्ने कारण के छन् ?

 पहिलो कुरा वहा म हाम्रो पार्टी को उम्मेदवार हो । वहाँ नेकपाको एजेन्डा बोकेर अघि बढ्नु भएको छ । पार्टीले वहालाइ उम्मेदवार बनाएको छ । कसै कसैले के मान्यता लिएका छन भने पार्टीले सारेपछि जो कोहि पनि उम्मेदवार हुन्छन भन्ने गरेका छन । तर त्यो मान्यताले मात्र उम्मेदवार बनाएका हैनौ वहाँ पार्टीको हिसाबले नेपालको इतिहासमा कोर्डिनेसन केन्द्रदेखि कम्युनिस्ट पार्टीमा लाग्नु भएको मान्छे । निरन्तर धरानको बारेमा चासो लिएर नेतृत्व गरेर ,कहिले विद्यार्थी आन्दोलनमा २०३५÷३६ को आन्दोलन २०४६ तथा २०६२ ÷६३को आन्दोलनमा राजनीतिक अगुवाइ गरेका हुन । यहाँको विभिन्न पेसामा आबद्ध तथा रेड्क्रस जस्ता संस्थाहरुमा आबद्ध रहेर नेतृत्व प्रदान गरिसक्नु भएको छ । धरानलाई हरेक कोणबाट बुझेर त्यसलार्इ परिवर्तन गर्न सक्ने र नेतृत्व गर्न सक्ने इमान्दार परिपक्व र लगनशील नेताको रुपमा हाम्रो पार्टी जिल्ला कमिटी नेकपाबाट उम्मेदवार बनाएका हौं । वहाँले पार्टीको एजेन्डा र निर्देशनलाई इमान्दारी कायम गर्दै आफ्नो सृजनसिलतालार्इ धरानको विकासमा लाग्ने योग्य कार्यकर्ता भएकोले धराने जनताले मङ्सिर १४ गते सूर्यमा छाप हानेर उहाँलाई जिताउन आवश्यक रहेको भन्ने हामीलाई लागेको छ ।

  • अहिले धराने जनताको धेरै असन्तुष्टि रहेको छ त्यसलाई नेकपाले कसरी चिर्छ ?

( केही गुनासो र असन्तुष्टि हामीले सुनेका छौ । पहिलो कुरा त गुनासो त्यो सँग हुन्छ जो सँग आशा हुन्छ । धराने जनताको आशा नेकपासँगै छ त्यसैले हामीलाई जनताले गुनासो राखेका छन् । पहिलो कुरा त यो स्थानीय तह विगतमा २०५४ सालमा चुनाव हुदा तीन हजार ९ सय १५ वटा गाउपालिका र ९८ वटा नगरपालिका थिए । अहिले समायोजन भएर ७५३ भएको छ । यो व्यवस्थापन व्यवस्थापन गर्ने जिम्मेवारीमा स्थानिय तह लागि पर्यो । केही विकास निर्माणका कामहरु ढिला हुन पुगे । दोश्रो कुरा तारा सुब्बाको निधन पछि हामी शोक र पिडामा डुब्यौ नेतृत्व गुम्यो र नयाँ ढंगले काम गर्न सकेनौ । संगै सँगै स्थानीय सरकार संचालन ऐन २०५४ को नेपालको संविधान समेतले स्थानिय तहको सनन्दर्भमा प्रमुख र उप प्रमुखले गर्ने काम छुट्टाछुट्टै परिभाषित गरेको छ । धरानको सन्दर्भमा एउटा उदयमान उपमहानगरपालिकाको रुपमा रहेकोले यहाँ प्रमुख र उपप्रमुखले गर्नुपर्ने काम एकै जनाले गर्नु परेकाले केही समयसम्म समस्या भएको हो । तर हामी के प्रतिबद्ध छौ भने २०७४ सालको चुनावमा हामीले धरानको जुन योजना अघि सारेका छौ । त्यो ५ वर्षको अवधिमा आगामी अढाई वर्षमा पूरा गर्न प्रतिबद्ध छौ । र अगाडि बढेका छौ । जुन कर वृद्धिको गुनासो छ यसमा दुइटा कुरा प्रष्ट हुनुपर्छ एउटा जुन पार्टीले बखेडा बनाइ रहेका छन । उनीहरुले इमानदारीताका साथ भन्नू पर्छ जुन सहमती भयो त्यसमा हामी पनि थियौ भन्ने आट किन गर्नु हुन्न । वहाँहरुको सहमतिमा त्यो काम भएको हो । किन भन्दा गणतन्त्रमा प्रतिपक्षीलाई पनि समेटेर जानू पर्छ भन्ने हिसाबले दलिय सहमतिमानै काम भएको थियो । त्यो जिम्मेवारी वहाँहरुले पनि लिनु पर्छ । दोश्रो कुरा नेकपाले भन्ने बित्तिकै सहमती गर्ने त भन्ने प्रश्न पनि उठ्छ हामी हिजोको दिनमा सहमति भएर जुन निर्णय भयो त्यसमा टसको मस गर्दैनौ र जनता, विज्ञहरुसंग छ्लफल नै गर्दैनौ भन्ने हैन हामी आवश्यक परेमा परामर्श र छलफल पनि गर्छौ । हामी तयार छौ ।

  •  अहिले माओवादी र एमाले एक भए र अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्ने हो भने अब नेकपाले जित हासिल गर्दा कुन हिसाबले गर्छ ?

( धरान पंचायत कालदेखि नै जनताले चुनेको कम्युनिस्ट प्रतिनिधिले नै जित्ने गरेको ठाउँ हो । २०४६ सालको परिवर्तन पछि त्यही स्थिति देखा परेको छ । यहाँ कम्युनिस्टले नेतृत्व गरेका छन त्यसैले धरान सुन्दर छ र नेपालको पहिलो खुल्ला दिशा मुक्त शहर बनेको छ । सरल, सफा सुन्दर र व्यवस्थित शहर भन्दा धरानको नाम आउँछ जुन नेकपाले नेतृत्व गरेकी कारणले हो । जुन मतको कुरा छ त्यसमा घटबढ हुन सक्छ केही हाम्रो मत हिजो को जस्तै हुन सक्छ पनि नहुन सक्छ पनि । राजनीतिमा २जोड २ ४ मात्र हैन २ जोड २ तीन पनि हुन सक्छ वा ५ पनि हुन सक्छ । हामीले समुदायमा सर्भे गरेका छौ वडाहरुमा जनताको मन भुझेका छौ । हामीले गणित हिसाब गरेका त छैनौ त्यो गर्ने हो भने १६(२० हजार मत हुनुपर्ने हो तर अहिले हाम्रो पछिल्लो मत हेर्दा ८÷१० हजारको मत अन्तरले धरानको मेयर पदमा जित्न सकिने छ भन्ने पार्टीको निष्कर्ष रहेको छ । यही अनुसारको तयारी हामीले गरेका छौ । २० वटै वडाहरुका हाम्रा टोल कमिटी बुथ कमिटीहरुबाट यही रिपोर्ट आएको छ ।