Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • मनोरञ्जन
  • आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्...

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्...

alt
  • मंसिर २१, २०७६
  • नारायण ढुङ्गाना / रासस
 
काठमाडाैं /  प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् । कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् ।
पुतलीसँगको विगतका अन्तरङ्ग अनि आमाले घरबाट निकालेका कुराले उनलाई बिझायो । “आमा ! तपाई यिनलाई एक छाक दिन गाह्रो मान्नुभएको थियो नी, अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् आमा”, आमा भए तिर फर्किएर सरस्वतीले भनिन् । नजिकै मनोरोगीलाई सधैँ हेला गर्ने मध्येका एक जिम्बल बा पनि थिए । “जिम्बल बा ! यिनले ढुङ्गामुढा गर्छिन् भनेर डराउनु हुन्थ्यो नी, अब यिनका हातले कहिल्यै ढुङ्गा उठाउन सक्दैन ।” किशोरीको समाजसँग ठूलै गुनासो छ । हामी काम गर्नाको अल्छिले मागेकाहरुलाई खुशी मनले सहयोग गछौँ । दिनभरी माग्यो अनि बेलुका मस्त रक्सी खाएर मात्तिएर सुत्यो, यस्ता पेशेवर माग्नेहरुको बिगबिगी छ सडकमा । तर, त्यही सडकमा पुतली जस्ता वास्तविक बेसहारा, मनोरोगी यत्रतत्र छन् ।
उनीहरुले अकालमा ज्यान गुमाइरहेका दृष्य कहाली लाग्दा छन् । समाजको यस्तै तितो यथार्थलाई बिम्ब बनाएर मानसेवा आश्रमले सामाजिक चेतना वृद्धिमा प्रयोग गरिएको नाटकको यो अन्तिम सम्वाद थियो । सडकमा पुगेका व्यक्तिको उद्धार र व्यवस्थापन गर्ने उद्देश्यले शुक्रबार साँझ काठमाडौँमा सुझाव सङ्कलनको कार्यक्रम थियो । काठमाडौँ महानगरपालिकाको अगुवाइमा भएको कार्यक्रममा यहाँका सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र वडाध्यक्ष सहभागी थिए । अग्रभागमा हुनुहुन्थ्यो महानगर प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री । कार्यक्रम शुरु हुने चरणमा थियो । ...... “तीन दिनदेखि पेटमा अन्नको दानासम्म परेको छैन, ए हजुर केही दिनोस्, ए हजुर ! दिन दःुखीलाई केही सहयोग गर्नुस ।” थोत्रो टोपी र आसकोट लगाएर फोहरी अनुहारमा काम्रो बानेको बैशाखी टेक्दै लाले कचौरा बोकेर माग्दै हलभित्र प्रवेश गरे । अचानक माग्ने आएको दृष्य देखेर सहभागीहरु दङ्ग परे ।
औपचारिक कार्यक्रममा सन्नाटा छायो । सडकका वास्तविक माग्ने हालभित्र आएको महसुस धेरैले गरे । कलाकारले अतिथिहरुलाई थाहै नदिई नाटक मञ्चन गरेकाले पनि छक्क पर्नु स्वभाविकै भयो । एकै छिनमा सडक सफा गर्ने शङ्कर फोहर नगर्न आग्रह गर्दै आइपुगे । सडकमा फोहरको डङ्गुर टुटेको थिएन । नजिकै झुम्म परेर बसेकी एक मनोरोगी महिलालाई लखेट्न खोज्छन् तर सरस्वतीले रोक्छिन् । मागेर कमाएको पैसाले किनेर पिएको रक्सीको नशामा लठ्ठ भएर सडकमा फेरि देखापर्छ लाले । “कोही छ, यो लालेसँग सिङ्गलसिङ्गल भिड्ने, म डन हुँ डन, जसलाई एक हान्छु नी घुमाइदिन्छु फनफन ।” अघि झुत्रो कपडा लगाएर खान नपाएको भन्दै लुत्रुक्क परेर माग्ने लाले अहिले नशाको तालमा हैकम जमाउँदै निस्कियो । “म देखेपछि त यो शहरै थुरर...र हुन्छ नी, म डन नभएको भए पैसा माग्ने वित्तिकै कसैले झिकेर दिन्थ्यो ?” पुतली सडकमै एक सुरमा थिइन् । पुतलीले आफ्नो माग्ने पेशा चौपट पार्ने डर लालेलाई थियो ।
त्यसैले उनले पुतलीलाई वरिपरी पर्न दिँदैनथ्यो । ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भएँ र...’ गीतको शुरुमा जिम्बल बा आइपुगे । ‘मान्छेको भिडमा खोइ कहाँ छ मान्छे’, भन्दै सारङ्गी भिरेका अर्का मनोरोगी पनि आइपुगे । क्याम्परबाट फर्किएकी सरस्वतीले पुतलीलाई घर लान्छिन् । तर आफ्नी आमाले घरमा राख्न नदिएपछि पुतलीलाई सडकमै फर्काउन विवस भइन् । गर्भवती पुतलीले सहारा नपाउँदा प्रसव पिडा सहन नसकी सडकमै प्राण त्यागिन् । त्यसपछि मात्रै समाजको चेत खुल्छ । यस्तैमा नाटकको अन्त्य हुन्छ । कलाकार मनिषा क्षेत्रीको संयोजन र सुवास क्षितिजको निर्देशन रहेको नाटकमा स्वयं क्षेत्री र क्षितिजसहित उर्विन सापकोटा, सानु गुरुङ, गङ्गा थापा, सन्तोष मगर, हरिशरणलगायतको अभिनय छ । नाटक हेरेपछि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख खड्गीले समाजको अवस्थालाई नाट्य रुपान्तरण गरिएको उक्त दृष्यले आफूलाई विगत सम्झाएर भावुक बनाएको बताइन । महानगरीय प्रहरी कार्यालयका प्रमुख थापाले नाटकले समाजको जीवन्त चित्र बोलेको प्रतिक्रिया दिए । देशलाई नै बेसहारा विहीन सडक बनाउने लक्ष्य बोकेर अघि बढेको आश्रमले यही नाटक ‘लौरो’लाई देशका पूर्वदेखि पश्चिमसम्म प्रदर्शन गरेर मानवीयताको भाव प्रष्ट्याउने प्रयास गरिरहेको छ । त्यही सिलसिलामा पछिल्लो चरणमा काठमाडौँमा मञ्चन भइरहेको छ ।
सम्बन्धित समाचार
१० लाख बराबरको अवैध सामान बरामद

विजयपुर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन्सार छली गरी ल्य ...

१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ

विजयपुर । एक सय किलो गाँजा तथा लागू ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन् ...

८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस

विराटनगर । ग्रामीण बस्तीवासीलाई अस्पतालको सेवा घरदैलोसम्म पुर्याउने उद्देश् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
आजको राशिफलः २०८३ साल भदौ २६ गते शुक्रबार
भदौ २६, २०८३
झापामा अनलाइन बेटिङ तथा सट्टेबाजीको बिगबिगी
भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायका नेतृत्वकर्ता हुन् : डा. अधिकारी
भदौ २५, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
आजको राशिफलः २०८३ साल भदौ २६ गते शुक्रबार
भदौ २६, २०८३
झापामा अनलाइन बेटिङ तथा सट्टेबाजीको बिगबिगी
भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायका नेतृत्वकर्ता हुन् : डा. अधिकारी
भदौ २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क