Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

औषधि अभावका कारण क्षयरोगी ज्यान जोखिममा

र रासस पुस ९, २०७६ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
औषधि अभावका कारण क्षयरोगी ज्यान जोखिममा
 
काठमाडाैं / औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि ज्यान जोखिममा परेको हो ।
क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा शुरु भएको नौमहिने छोटो उपचार विधिमा बिरामीले नौ महिना आवश्यक औषधि सेवन गरी चारदेखि छ महिनासम्म सुई लिनुपर्ने हुन्छ । क्षयरोगका बिरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि बिरामीका लागि चलाइने बहुऔषधि प्रतिरोधी (एमडिआर) का बिरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाइसिल’ नामको औषधि नपाएपछि बिरामीको ज्यान जोखिममा परेको हो । काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आउनुभएका बिरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गरे ।
दुई सातादेखि ‘क्यानामाइसिल’ नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउँदै उनले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए । ललितपुरको भैँसीपाटीबाट उपचारमा आउनुभएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताए । राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामक औषधि नहुँदा क्षयरोगका बिरामीलाई समस्या परेको छ । समयमै औषधि आपूर्ति गर्न केन्द्र गम्भीर नभएका केन्द्रका कर्मचारीको गुनासो छ । केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाइसिल’ नामको औषधि एक बिरामीलाई साताको छ वटाका दरले करीब पाँच महिनासम्म १५० वटा दिइनुपर्छ ।
औषधि अभावले यो क्षयरोग बिग्रिएमा एसडिआर हुने र बिरामीको उपचार असम्भव हुने तथा बिरामीको ज्यानै जानसक्छ । क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि विकल्पका रुपमा बिरामीलाई यो औषधि प्रयोग गरिन्छ । ‘क्यानामाइसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट चार हजार पिस औषधि मगाए पनि तीन हजार २०० पिस मात्रै आएको र यो १८ दिनमै सकिएपछि औषधि अभाव भएको हो । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाइसिल’ नामक औषधि फेजआउट हुन लागेकाले औषधि नपाएको दाबी गरे । उनले भने, “क्यानामाइसिल नामक औषधि विस्तारै फेजआउट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो, यसको सट्टामा केन्द्रले ‘एमिक्यासिन’ नामक औषधि मगाएका छाैं, भारतबाट त्यो औषधि आउँदैछ, अब त्यही औषधि चलाउँछौँ ।” उनले ‘क्यानामाइसिल’ले बिरामीमा राम्रो काम नगरेपछि अर्को औषधि मगाएको दाबी गर्दै अब नयाँ दर्ता हुने बिरामीलाई ‘एमिक्यासिन’ नामक औषधि दिने बताए ।
औषधि दिने सबै ठाउँमा यही सकुर्लर जारी गरेको बताउँदै उनले कुनै पनि बिरामी औषधिबाट वञ्चित नभएको दाबी गरे । तत्काल १६ हजार औषधि चाहिने भए पनि पटकपटक माग गरेर चार हजारदेखि पाँच हजारसम्म एकपटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ । सरकारले क्षयरोगका बिरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाइसिल’ औषधि एउटा इन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाइ छ । यो औषधि नेपालका औषधि पसलमा नपाइने भएकाले बाहिर किनेरसमेत प्रयोग गर्न नपाएको बिरामीको गुनासो छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

१२ दिन ढिलो बाहिरियो मनसुन
असोज २८, २०८३
दैवी विपत्तिबाट भएको क्षति पुनर्निर्माण गर्न साढे पाँच खर्ब
असोज २८, २०८३
ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
असोज २८, २०८३
छापा संस्करण [ePaper]
  1. १२ दिन ढिलो बाहिरियो मनसुन
    असोज २८, २०८३
  2. दैवी विपत्तिबाट भएको क्षति पुनर्निर्माण गर्न साढे पाँच खर्ब
    असोज २८, २०८३
  3. ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
    असोज २८, २०८३
  4. दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन
    असोज २८, २०८३
  5. भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
    असोज २८, २०८३
  6. बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
    असोज २८, २०८३
  7. चीन–उत्तर कोरिया जोड्ने पुल खुल्ने
    असोज २८, २०८३
  8. दुई मोटरसाइकलसहित ५७ किलो गाँजा बरामद
    असोज २८, २०८३
  9. चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
    असोज २८, २०८३
  10. साँझपख झनै चम्कन्छ भानुचोक
    असोज २८, २०८३
  11. महेन्द्र पथमा घर निर्माण रोक्का रहे पनि भित्रभित्रै पक्की घर
    असोज २८, २०८३
  12. याङवरक पोखरी खानेपानी आयोजना सम्पन्न, ३६५ घरधुरी लाभान्वित
    असोज २८, २०८३
  13. सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा
    असोज २८, २०८३
  14. नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
    असोज २८, २०८३
  15. कवि अस्मिता विष्टको निबन्ध कृति धरानमा सार्वजनिक
    असोज २७, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड