सिरहा । सिरहा कर्जन्हा नगरपालिका वडा नं.४ बस्तिपुर चौक स्थित बस्ने आशा नायकको दुई तल्ले पक्की घरमा आगलागी भएको छ ।
आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । घरमा सुतिरहेका बेला अचानक विद्युत सर्ट भएर आगलागी हुँदा कर्जन्हा नगरपालिका वडा नं.४ निवासी १५ वर्षीया चुनचुन कुमारी नायकको जलेर

मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी ) सन्तुलाल प्रसाद जैसवारले बताए ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी ) जैसवारले बताए । आगलागीका कारण घरमा रहेको फर्निचर, फ्रिज, खाधन्न लगायतका समान समेत जलेर नष्ट हुदाँ करिब २ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) रामेस्वर पण्डितले प्रारम्भिक अनुमान गरेको छ ।

बारुणयन्त्रको सहयोगमा स्थानियवासिहरु नेपाल प्रहरी,सशस्त्र प्रहरी वलले आगो नियन्त्रणमा लिएका थिए ।