देउराली । खानेपानी अभाव भएपछि पानी माग्दै अान्दाेलित बनेका धरान ९ वडाबासी खानेपानी सङ्घर्ष समितिका संयाेजक तथा वडाध्यक्ष रत्न कट्वालले अाइतबार बस्ने भनिएकाे कार्यपालिका बैठकमा खानेपानीको विषयलाइ प्रवेश नगराएकाे भन्दै बैठक वहिस्कार गर्ने बताएका छन् ।

बैठक अपरान्ह २ः०० बजे बस्दै छ । उक्त बैठकमा खानेपानीको विषयलाइ प्रवेश गराइएकाे छैन । केही दिनअघि खानेपानीको सहज आपुर्तीको माग राखी आन्दोलनरत वडाध्यक्ष कट्वालले बैठकमा खानेपानीको विषय उठाउन माग सहितको निवेदन दिने बताए । उक्त निवेदनपश्चात पनि बैठकमा खानेपानीको बिषय प्रवेश नगराइए बैठक बहिस्कार गर्ने कट्वालले बताए ।  

गत बुधबार नगर प्रमुख तिलक राईले वडाध्यक्ष कट्वाल सम्मिलित खानेपानी सङ्घर्ष समितिले गर्दै आएको आन्दोलनमा खानेपानी व्यवस्थापन बोर्डमार्फत सहज रूपमा खानेपानी वितरण गर्ने आश्वासन दिएपछि अान्दाेलन स्थगित गरेका थिए । 

यस अघि  खानेपानीको अभावका कारण काककुल बन्नु परेको भन्दै  पानी बोक्ने भाडा, विभिन्न नारा लेखिएका प्लेकार्डसहित वडाध्यक्ष कटवालको नेतृत्वमा धरान–१३ स्थित खानेपानी संस्थान कार्यालय घेराउ गरेका थिए । 

धरानमा खानेपानीको भयावह अवस्थामा कार्यपालिका बैठकमा खानेपानीको विषय नउठाएको भन्दै उनले भने ‘धराने जनताले पानी खान पाइरहेका छैनन्, यस्तो अवस्थामा पानीको विषय बैठकमा नउठाई पत्र पठाइएको रहेछ । आज बैठकभन्दा अगाडि म खानेपनीको विषयमा पनि कुरा उठाइयोस् भनेर एउटा निबेदन दिँदै छु । निवेदन दिइसकेपछि पनि खानेपानीको विषयले प्रवेश पाएन भने म बैठक बहिस्कार गर्नेछु ।’