भण्टावारी/  सुनसरी रामधुनी नगरपालिका स्थित तितिरबनमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

तितिरबनमा स्थित आज बिहान हाइस र नाइट बसमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको बताइएको हो ।

साथै दुर्घटनामा कति जना घाइते भए भन्ने यकिन भएको छैन । घटनास्थलमा प्रहरीले उद्गार कार्य गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।