काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने घटाइएको छैन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । केही दिन अघि एलपी ग्यासको मूल्य बढाएको थियो ।