धरान / प्रभु बैंक धरान १० के रन ८ औ नेवा च्यारटीलाई सफल बनाउन गोर्खा ब्लड हङकङ पनि सहयात्री बन्ने भएको छ ।

सोमबार च्यारटीलाई गोर्खा ब्लडले १० हजार बराबरको १२ जोर जुत्ता र मोजा सहयोग प्रदान गरेको छ । प्रतियोगितामा विजयी खेलाडीहरुको लागि सहयोग गरिएको गोर्खा ब्लडका सदस्य प्रभात राईले जानकारी दिए । धरान १८, शिवमार्गस्थित झुनाज फिटनेसमा गोर्खा ब्लडका सदस्य प्रभात राई र धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रविण राईको उपस्थितिमा उक्त सामग्री धरान रनका अध्यक्ष रमु राईलाई हस्तान्तरण गरिएको थियो । गोर्खा ब्लड समुहको सदस्यहरूबाट रकम संकलन गरी जत्ता गरिद गरिएको प्रभातले जानकारी दिए । यो जुत्ता आगामी १० गते धरानमा हुने धरान रनको १२ र १६ वर्ष उमेरसमुहको महिला र पुरूष विजेता खेलाडीहरूलाई पुरस्कार स्वरुप वितरण गरिने छ ।