धरान  / सुनसरी बर्जु -४ शान्तिबन छेउकी ६० का छुमन चौधरी आफ्नै घर कोठामा काठको बलोमा गम्छाको पासो लगाई झुण्डिएर आत्महत्या गरेका छन् ।

हिजो राती उनलाई झुण्डिएको अवस्थामा १५ को नाती दिपेश चौधरीले देखि बुहारी बुहारी संझना चौधरीले जिबितै छ कि भनि गम्छा काटी उद्धार गरेका थिए । तर त्यस बेलासम्म उनको प्राण गइसकेको पाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सितागंजमा खबर पाई घट्नास्थलमा पुगि अनुसन्धान थालेको छ । ६० बर्षको उमेरमा किन आत्महत्या गरिएको भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।