Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट

महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट

alt
  • फागुन १२, २०७६
  • रासस-एपी

क्वालालम्पुर / मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गरेका छन् ।

दुई वर्ष पहिले निर्वाचनमा विजयी  भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उनले राजीनामा गर्न बाध्य भएका हुन् । प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार अपराह्न १ बजे प्रधानमन्त्री महाथिरले राजा समक्ष राजीनामा गरेका  उल्लेख गरीएकाे छ। , तर राजीनामाको बारेमा विस्तृत केही बताइएको छैन । प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग साँठगाँठ गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेपछि उनले राजीनामा गर्न बाध्य भएका हुन् ।

महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो । राजीनामा दिनुअघि महाथिरको बर्सातु पार्टीले सत्ता गठबन्धन त्याग्ने तर महाथिरलाई प्रधानमन्त्रीका रुपमा समर्थन जारी राख्ने जनाएको छ । सरकारमा सम्मिलित मन्त्रीहरु समेत ११ जना सांसदले अनवरको पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । महाथिरको बर्सातु र अनवरको पार्टीका झण्डै ५० जना सांसदले सत्ता गठबन्धन त्यागेको अवस्थामा अनवरलाई पनि सरकार गठन गर्न मुश्किल हुनेछ ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ट नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो, तर महाथिरले अनवरलाई सत्ता हस्तान्तरण गर्न गरेका थिए । अनवरले सोमबार नै सरकारले अघि सारेको सुधारको कार्ययोजना सन्तोषप्रद रहेको बताएका छन् ।

तर उनले सत्ता गठबन्धनका बारेमा केही बताएका छैनन् । पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहनु भएका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ ।

अनवर र उनकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि सोमबार राजालाई भेट्ने कार्यक्रम तय भएको छ । वान अजिजाले ट्वीट गर्दै “मानिसहरुले योजना बनाउन सक्छन् तर अल्लाहले निर्णय गर्नुहुन्छ” भनेकी छिन् । विज्ञहरुले मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्न वा नयाँ चुनाव घोषणा गर्न सक्ने बताएका छन् ।

उनीहरुले नयाँ सरकारको गठनले मलाए इस्लामिक पार्टीको बर्चश्व र प्रभाव मुलुकमा देखिने र त्यसले मलेसियाको बहुजातीय सामाजिक संरचनामाथि सङ्कट निम्त्याउने चेतावनी दिएका छन् । “महाथिरको मुख्य राजनीतिक प्राथमिकता नै अनवरलाई प्रधानमन्त्री बनाउन ढिलाई गर्नु हो,” सिंगापुरस्थित अन्तर्राष्ट्रिय अध्ययन इन्स्टिच्यूटका वरिष्ट अनुसन्धाता ओह इ सुनले बताएका छन् । “यदि नयाँ सरकार गठन भएमा मलेसिया प्रतिगामी अवस्थातर्फ धकेलिने छ, र यहाँ जातीय एवं धार्मिक अतिवादले अझ गहिरोसँग जरो गाड्ने छ ।” 

सम्बन्धित समाचार
चुनावी सरकारका मन्त्री नै चुनावमा

धरान । जेन जी आन्दोलनपश्चात् चुनावी सरकारमा गएका मन्त्रीहरू पद त्यागेर उम्म ...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान ...

कोशी प्रदेशमा ५०४ को उम्मेदवारी

धरान । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
चुनावी सरकारका मन्त्री नै चुनावमा
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम
कोशी प्रदेशमा ५०४ को उम्मेदवारी
फागुन–२१ः लोकतन्त्रको उत्सव बनोस्
आजको राशिफलः २०८२ साल माघ ७ गते बुधबार
नवोदय–युएनमा स्पोर्ट्स मिट
आज मनोनयन दर्ता
प्राथमिकतामा परेनन् प्रत्यक्ष निर्वाचनमा महिला
प्रदेश र स्थानीय तह छाडेर प्रतिनिधिसभामा उम्मेदवारी
मतदाताज्यू उम्मेदवारलाई प्रश्न गर्नुस्
आजको राशिफलः २०८२ साल माघ ६ गते मङ्गलबार
एन्टामा सिंह
बस दुर्घटना : १८ महिने बालकसहित ५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
एनसेलको सहयोगमा ‘क्रिएटर्स मेला’
आइसियु तत्काल बनाऊ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved