देउराली । २२ औं  बुढासुब्बा गाेल्डकप अन्तर्गत आजकाे खेलमा मनाङ मस्याग्दी क्लब अन्तिम चारमा प्रवेश गरेकाे छ । 

प्रदेश १ काे उपविजेता टिम बेलबारी फुटबल क्लबलाइ ४-० गाेलले हराउँदै मनाङ सेमीफाइनलमा पुगेकाे हाे । जितका लागि दयानन्द सिंहले २ गाेल गर्दा निशान लिम्बू र विमल रानाले एक एक गाेल गरे । 

खेलकाे म्यान अफ दी म्याच दुइ गाेल गरेका दयानन्द घाेषित हुँदै नगद १५ हजार रूपैयाँ पाए । खेलकाे बेष्ट गाेलकर्ता भने निशान लिम्बू घाेषित हुँदै नगद ५ हजार रूपैयाँ पाए । 

अपडेट न्यूज.................