झापा । झापाको बिर्तामोडमा बुधबारबाट वि–टाउन जुम्वा फिटनेस स्टुडियो सञ्चलानमा आएको छ । फिटनेसको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेको थिए ।

अन्र्तराष्ट्रिय जुम्वा स्टक्चर जीन समिक्षा न्यौपाने र सोनी रानामगरको संयुक्त लगानीमा सञ्चालनमा आएको फिटनेसमा जुनसुकै उमेर समुहका महिला तथा पुरुषहरुलाई योगा, एरोवीक, जुम्वा सिकाइने जनाइएको छ ।

उत्तम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अञ्जली ओभरसिजका प्रवन्ध निर्देशक भानु शिवाकोटी, क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पित, सजिलो सहकारीका अध्यक्ष सुरेश ढकाल, निर्मला न्यौपाने, राजन ढुङ्गेललगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत तथा सञ्चालन ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना लाफाले गरेका थिए ।