धरान । काठमाडौंको मनाङ मस्र्याङ्ग्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

धरान रंगशालामा बुधबार सम्पन्न खेलमा मनाङले पाहुना टोली युके एफसी भारतलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उपाधि होडका लागि मनाङले लिग लिडर मछिन्द्र एफसी र विभागीय टोली नेपाल पुलिस क्लबको विजेताबीच भिडन्त गर्नेछ ।

मनाङका लागि बिमल राना र दयानन्द सिंहले गोल गरे । बिमलले १९ औं मिनेटमा गोल गर्दा सिंहले ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गरे । खेलको म्यान अफ दी म्याच युके एफसीका आशिष देवान घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित ट्रफी पाए ।