धरान / सुनसरी उद्योग बाणिज्य सङ्घको आयोजनामा गत फागुन १५ देखि धरानको पब्लिक स्कुलको मैदानमा सञ्चालित औद्योगिक व्यापार मेलाको अन्तिम दिन आज भव्य कार्यक्रम गर्दै समापन गरिने भएको छ ।

आज साँझ धरानको चर्चित साङ्गीतिक समूह डिल्ली फोम्बो एन्ड द ब्याण्ड र चर्चित लोक गायक गङ्गा वरदानको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यसैगरी युनाइटेड डान्स एकेडेमीको डान्ससँगै पहिलोपल्ट धरानका स्कुले विद्यार्थीहरू बीच आयोजना गरिएको स्कुल डान्स आइडलको ग्रान्ड फिनाले पनि सोहि मञ्चमा हुने भएको छ ।

मेलाको टिकट काट्नेमध्ये लक्की ड्र गरेर एकजना दर्शकलाई यमाहा स्कुटी प्रदान गरिने आयोजकले जनाएको छ ।