धरान /  धरान उपमहानगरपालिका–४ स्थित भेडेटारमा शनिवारदेखि साहासिक पर्यटकीय खेलको रुपमा रहेको जिप फ्लाइङ शुरुभएको छ ।
प्रदेशका मुख्यमन्त्री शेरधन राई र मेयर तिलक राईको उपस्थितिमा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले उडान गरेर उद्घाटन गरिएको थियो । उद्घाटनका् क्रममा मुख्यमन्त्री राईले पर्यटकीय शहर धरानमा एउटा साहसिक खेल थपिएको बताए ।

जिपफ्लाइङ लगानी
धरान–४ स्थित भेडेटारको डाँडाबाट देविथान डाँडासम्म ६ सय ५० मिटर लामो दुरीमा उडान शुरु गरिएको छ ।

करिब ७ महिना अघिदेखी वल्ड वाइड ग्रुप नेपाल प्रालिले निर्माण सुरु गरेको थियो । केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारी करिव ३ करोड लगानी गरेका छन् । भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गरिएको हो ।

टेकअफ पोइन्ट र ल्याण्डीङ पोइन्ट

टेकअफ पोइन्ट भेडेटारको डाँडालाई निर्धारण गरिएको छ । ल्याण्डीङ पोइन्ट भेडेटारदेखि केही तल देविथानमा बनाइएको छ । देविथान होम स्टेका लागि उपयुक्तस्थान मानिन्छ । यो दुरी पार गर्न करिब ३०–४० सेकेण्ड लाग्ने सञ्चालक थापाले बताए ।
के छ सुविधा
थापाका अनुसार जिप फ्लाइनमा ३ प्रकारको सुविधा हुनेछ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ हुन्छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गरिन्छ । सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन् । कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् ।
शुल्क कति लाग्छ
यो क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया मूल्य तोकिएको छ । शुरु शुरुमा २०प्रतिशत छुटको व्यवस्था गरिएको छ । जिप फ्लाइङमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिन सक्ने संचालकहरुले बताएका छन् ।
सुरक्षाको ग्यारेन्टी
जिप फ्लाइङमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा प्रयोग भइरहेको सामाग्री प्रयोग गरिएको संचालकबताउछन् । सुरक्षामा कुनै समस्या नहुने उनीहरुको भनाई रहेको छ । तारको क्षमता ११ हजार केजी छ । सेफ्टी बेल्ट(हार्नेस) २२ देखि २७ सय केजी भर र क्याराविनरको भार क्षमता पनि २७ सय केजीसम्मकोरहेको छ । साहसिक पर्यटकहरुको ५ लाखका बिमा पनि गरिएको छ ।

के हो जीप फ्लाइङ
जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मनपराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप प्mलाइङ सञ्चालनमा छन् । जीप फ्लाइङ सञ्चालन गर्न विजुलीको पनि आवश्यकता पर्दैन । जसले सञ्चालन लागत कम हुन्छ । डोरीको सहायताले यो खेल बसेर अथवा सुतेर खेल्न सकिन्छ ।

यो खेल गुरुत्व आर्कषण बलको सहायताले खेलिने हुँदा अन्य बाहिरी इन्धनको प्रयोग गर्नुपर्दैन । खेल्ने व्यक्तिले हेन ब्रेकको सहायताले उडान नियन्त्रण गर्नुपर्ने हुन्छ । साहसिक खेलका रुपमा मात्र होइन यसलाई सामान ओसार प्रसार गर्न पनि प्रयोग गरिन्छ ।