इटहरी/ सुनसरीको इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ६ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क धमाधम निर्माण गरिरहेको छ ।

दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका क्षेत्रको सिमसार क्षेत्र तालतलैयामा पौडेलको समूहले अत्याधुनिक पार्क निर्माण गर्ने भएको हो । ‘वेट एन्ड डाइनो एम्युजमेन्ट एन्ड वाटर पार्क’ राखिएको छ । एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जमिनको मूल्यसहित ५० करोड लगानीमा निर्माण भइरहेको सञ्चालक भीम पौडेलले बताए ।

पर्यटकीय क्षेत्रमा सर्वसाधरणहरूको मोह बढेको देखेको कारण आफूहरूले पार्कमा लगानी गरेको पौडेलको भनाइ थियो । पहिलो चरणमा पार्कमा ६० जनाले रोजगारी पाउनेछन् ।‘यसभित्र नेपालमै पहिलो इन्डोर आइसपार्कको निर्माण गरिएको छ । उनले भने, ‘स्विमिङ पुल र डाइनोसरका मूर्तिहरू राखिएका छन्। काठमाडौंबाहिरको यो सबैभन्दा ठूलो र आधुनिक प्रकृतिको पार्क हुनेछ,’ पौडेलले भने । इटहरीमा मात्र नभई प्रदेश एकमै धेरै लगानीमा पार्क निर्माण भइरहेको उनको दाबी छ ।

नेपालको मात्र नभई विदेशी पर्यटकहरूलाई लक्षित गरेर पार्क निर्माण गरेको सञ्चालक विनोद पौडेलले बताए । आईस पार्कसँगै पार्कभित्र दिनभरि रमाउने ठाउँ छ पौडेलले भने । पार्कमा प्रवेश गर्दा एकमुष्ट रकम तिर्नुपर्छ त्यस पछि दिनभर खेल्न पाइन्छ पौडेलले भने । पार्कभित्र अडाई सय मिटर जिपलाइन समेत हुने पौडलको भनाइ छ । खाने र पिउने सामग्रीका स्टलहरू ठाउँठाउँमा राखिनेछन् । यसले गर्दा पार्क घुम्दै र खानपिनको मज्जा लिँदै मानिसले पार्कको अवलोकन गर्नेछन् । ‘यो पिकनिक स्थल होइन तर हामी १० हजारसम्मलाई खानेपिउने सुविधा दिन सक्छौँ ।

पिकनिक मनाउन आउनेहरूले यहीँभित्र खाने र पिउने सामग्री खरिद गर्न सक्नेछन् । पौडेलले भने। दोस्रो चरणमा सुविधासम्पन्न कटेजको निर्माण गरेर अतिथिलाई आवासको सुविधा दिइने उनले जानकारी दिए । ‘प्रदेश नम्बर १ को सरकारले पर्यटन प्रवद्र्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । हामीले त्यही प्राथमिकतालाई सघाउ पु¥याउने हौँ । सरकारले पनि हामीलाई सक्दो सहयोग गर्नुपर्छ । पछिल्लो केही वर्षयता पार्कहरू खुल्ने क्रम समेत बढेको छ । पार्कहरूमा लगानी समेत लगानीकर्ताहरूले बढाएका छन् ।

गर्मीमा मोरङ र सुनसरीका केही सीमित स्विमिङ पुलहरूले राम्रो आय आर्जन गरिरहेको भए तापनि पर्याप्त पौडी पोखरीहरूको अभाव छ । भएका कतिपय पौडीस्थलहरू पनि स्वास्थ्यको दृष्टिकोणले विश्वस्त हुने खालका छैनन् । त्यस कारण पनि सर्वसाधरणहरूको ध्यान स्विमिङसहितको पार्कमा जान थालेको छ । गर्मीमा पौडीको वयानै गर्न नसकिने मज्जा हुने भएकाले धेरै मानिसहरूको दिन कटाउने थलो स्विमिङ्ग पुललाई बनाउन थालेका छन् ।

कतिपय युवा साँझ परेपछि दुई घण्टासम्म स्विमिङ खेल्ने गरेको बताउँछन् । यो पार्कसँगै इटहरी आसपासमा युवायुवतीको जमात इटहरीमा रहेको ओसिन पार्कको स्विमिङमा जम्ने गरेका छन् । इटहरीको गोकर्ण रिसोर्टका साथै विराटनगरको फन एण्ड फुट भिलेज रिसोर्ट, होटल जनियल तथा सेन्ट जोसेफमा रहेको स्विमिङ पुलमा भीड लाग्ने गरेको छ । इटहरीमा रहेको ओसियन पार्क र गोकर्ण रिसोर्ट पनि बालबालिकादेखि युवाको लागि राम्रो गन्तव्य बन्न पुगको छ ।

park1