एनआइसी एशिया बैङ्कले पछिल्लो समय ग्राहकलाई लक्षित गर्दै न्यू सुपर चामत्कारिक योजना सार्वजनिक गरेको छ । यो योजनामा सर्वसाधारणलाई उच्च ब्याजदर मात्रै नभई २१ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरिएको छ । यस योजनाको बारेमा बैङ्कका उपप्रादेशिक कार्यालय धरानका प्रमुख दिवाकर भट्टराईसँग ब्लाष्ट दैनिकले गरेको कुराकानीको सम्पादित अंशः

बैङ्क तथा वित्तीय कारोबारमा खातालाई कसरी बुझ्ने ?
खाता भनेको एक प्रकारको कारोबार विवरण हो । सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैङ्क तथा वित्तीय संस्थाले सम्बन्धित व्यक्ति वा संस्थाको नाममा खाता खोलिदिने र उनीहरूको नाममा रकम राख्न र झिक्न पाइने गरी दर्ता गरिदिने विवरण नै बैङ्क खाता हो ।

खाता कति प्रकारका हुन्छन् ?
बैङ्कमा विभिन्न प्रकारका खाता हुन्छन् । चल्ती खाता, बचत खाता र मुद्दती खाता । चल्ती खाता भनेको चाहिँ ब्याज नपाइने तर आफूलाई चाहिएको समयमा झिक्न र निकाल्न मिल्ने खाता हो । बचत खाता भनेको चाहिँ रकम जति पटक जम्मा गर्न पनि पाइने तर झिक्दा निश्चित सीमाभित्र रहेर मात्रै झिक्न पाइने हुन्छ । बचतमा सामान्यतः ६ दशमलव ५ प्रतिशतसम्म ब्याज दिने व्यवस्था हुन्छ । मुद्दती खाता चाहिँ निश्चित समयसम्म झिक्न नपाइने गरी समय तोकेर राखिएको खाता हो । सामान्यतः मुद्दती खाता ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सोभन्दा बढी समय अवधिका लागि पनि खोल्न सकिने भयो । यसमा ब्याजदरचाहिँ उच्च हुन्छ । एनआईसी एशिया बैङ्कले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप अन्तर्गत व्यक्तिगत खातामा ९.७५ प्रतिशत सम्म व्याज दिने गरेको छ । त्यसबाहेक ग्राहकहरूले २१ लाख रूपैयाँसम्मको चामत्कारिक बिमा सुविधा पाउनेछन् ।

मुद्दती खातालाई राम्रो मान्नुको कारण चाहि“ ?
माथि नै भनिसकियो कि यसको निश्चित समय हुन्छ । त्यो समयपछि मात्रै निकाल्न मिल्ने हुन्छ । बचतकर्ताले सहजै रकम झिक्न र निकाल्न मिल्दैन । सोही कारण बचतकर्ताको जोखिमलाई हेरेर नै बैङ्कले ब्याजदर उच्च दिएको हुन्छ । व्याजदर राम्रो पाउने भएपछि यस्ता खातालाई सर्वसाधारणले मन पराउने भइहाले । अन्य खाताहरूको हकमा भने ६ दमलव ५ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । तर एनआईसी एशिया बैङ्कको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर दिने गरेको छ ।

एनआइसी एशिया बैङ्कको मुद्दती खाता चाहिँ किन रोज्ने नि ?
सर्वसाधारणहरूमा मुद्दती खाताले बढी ब्याज दिन्छ भन्ने मान्यता छ र दिन्छ पनि । तर, पछिल्लो समय बैङ्कहरूबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ । जसका कारण बैङ्कहरूले उच्च व्याजदरसँगै अन्य सुविधा पनि दिन थालेका छन् । यही बीचमा एनआइसीले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजना ल्याएर आएको छ । मैले माथि नै भनिसकँे । यसमा व्याज मात्रै हैन, बिमा सुविधा पनि राम्रो भएकाले एनआइसी एशियाको मुद्दती रोज्न आग्रह गर्दछु ।

बैङ्कको न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामा व्याजबाहेक चाहिँ के के सुविधा दिनुभएको छ त ?
पहिलो त सर्वाधिक उच्च ९.७५ प्रतिशत व्याजदर नै हो । त्यो नै सर्वसाधारणको लागि महŒवपूर्ण कुरा भयो । अर्को त्यससँगै २१ लखको बिमा सुविधा दिएका छौं । अन्य बैङ्कले व्याजदर त देलान् तर बिमा सुविधा दिँदैनन् । मुद्दती खाता खोल्ने ग्राहकहरूको जीवनमा आइपर्ने कुनै अकल्पनीय घटनाको लागि यसले ठूलो राहत दिन्छ । हेर्दा सामान्य लागे पनि यसले सर्वसाधारणको जीवनमा ठूलो प्रभाव पार्छ । खातावालाको दुर्घटनाबाट मृत्यु भए वा अन्य कुनै समस्या भए १० लाख रुपैयासम्म बिमा सुविधा दिएको छ । त्यस्तै, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्म र १ लाखसम्मको औषधि उपचार बिमा सुविधा समेत दिएको छ । यसैगरी आफ्नो ग्राहकको बहिरङ्ग (ओपिडी) उपचार गर्नु परेमा २० हजार रूपैयाँसम्मको सुविधा पाउनेछन् । यसले उनीहरूलाई यसले ठूलो राहत दिन्छ भन्ने मलाई लाग्छ । ग्राहक सिकिस्त बिरामी भएर अस्पताल भर्ना हुने अवस्थामा बैङ्कले ८० हजार रूपैयाँसम्म बिमाबाटै खर्च गर्न सकिने गरी सुविधा दिएको छ । यो सबै खर्च औषधि उपचार बिमा अन्तर्गत बैङ्कले नै भुत्तानी गर्दै आइरहेको छ ।

बैङ्कले बिमा सुविधाको व्यवस्थापन चाहिँ कसरी गरेको छ ?
ग्राहक आफैले २१ लाख रूपैयाँसम्मको बिमा गर्नुपरेमा करिब १४ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । तर, बैङ्कले ल्याएको योजनामा बिमा सुविधाबापत् लाग्ने बिमा शुल्क एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेकाले बैङ्कले नै बिमा शुल्क भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँ बचत गर्न सक्नुहुनेछ । त्यसैले एन आई सी एशिया बैङ्कले खाता खोलेकै भरमा दिएको यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती सुविधा हो ।
त्र कुनै बेला मुद्दती खातामा राखेको पैसा आकस्मिक रूपमा झिक्नुपर्ने अवस्था आउ“दा त निकाल्न नपाइने भयो । त्यस्तो

अवस्थामा चाहिँ के हुन्छ त ?
हो, तपाईंले भनेजस्तै मुद्दतीमा राखेको पैसा समय अगावै निकाल्न मिल्दैन । तर, अकल्पनीय दुर्घटनाका कारण मुद्दती निक्षेपमा राखेको रकम परिपक्क हुनु अघि नै आवश्यक पर्न सक्छ । त्यस्तो अवस्थालाई मध्यनजर गर्दै एनआईसी एशिया बैङ्कले मुद्दती निक्षेपमा बिमा सुविधा ल्याएको हो । जसले गर्दा बिमा सुविधाबाट ग्राहकले आकस्मिक रूपमा परेको समस्यालाई समाधान गर्न सकोस् । न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामा पाइने तीनवटा बीमा सुविधाबाट ग्राहकहरूले आकस्मिक आवश्यकता पूरा गर्न सक्नुहुन्छ । माथि नै भनिसकियो । त्यसबाट वित्तीय सुविधा पनि पाउन सक्नुहुन्छ । बिमा योजना भित्र नपर्ने अन्य व्याक्तिगत कामको लागि रकम आवस्यक परेमा भने मुद्दती निक्षेपमा राखेको रकम धितोमा राखेर मुद्दती बचतको ९० प्रतिशत सम्म ऋण लिन सकिन्छ ।

अहिले हरेक बैङ्कले बिमाको कुरा उठाउने गरेका छन् । एनआइसीको बिमालाई सर्वसाधारणले कसरी विश्वास गर्ने ?
यस बैङ्कले हालसम्म विभिन्न निक्षेप खाताहरूमार्फत् देशभरका १ सय २ जना ग्राहकको करिब ६० लाख रूपैयाँ बिमा रकम प्राप्त गरिसक्नुभएको छ । बैङ्कले ल्याएको चामत्कारिक खाताहरूमा तीन किसिमका बिमा योजनाअन्तर्गत मेडिकल बिमा ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरूको लागि १५ लाख रूपैयाँ र दुर्घटना बिमाबाट ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ सुविधा लिइसक्नुभएको छ । एन आई सी एशिया बैङ्कबाट केही हप्ता अगाडि मात्रै पनि अर्घखाँचीका बुद्धिराम भुसालले घातक रोगको बिमाबापत सबैभन्दा बढी १५ लाख रूपैयाँ पाउनुभएको छ । यो नै हाम्रो ग्राहकहरूको लागि विश्वास गर्ने राम्रो उदाहरण हो । उहाँले शिखर इन्स्योरेन्सबाट उक्त रकम पाइसक्नु भएको छ । त्यस्तै दुर्घटना बिमाअन्तर्गत सुनवलका देउप्रसाद गुरुङ्गको मृत्युपछि उहाँको परिवारले ४ लाख ९१ हजार २ सय ५३ रूपैयाँ रकम पाउनुभएको छ । उहाँको परिवारलाई नेको इन्स्योरेन्सले बिमावापतको रकम प्रदान गरेको हो । विरगञ्जका ध्रुवसिंह ठकुरीले मेडिकल बिमा अन्तर्गत सबैभन्दा बढी १ लाख ५० हजार रूपैयाँ शिखर इन्स्योरेन्सबाट प्राप्त गरिसक्नुभएको छ । यी उदाहरणहरू नै विश्वासका आधार हुन् ।

मुद्दती खाता कसरी खोल्न सकिन्छ ?
एनआईसी एशिया बैङ्कको जुनसुकै शाखा कार्यालयबाट पनि खाता खोल्न सकिनेछ । बैङ्कले इन्टरनेट बैङ्किङ सेवा पनि उपलब्ध गराएको छ । यस सेवामार्फत् ग्राहकवर्गहरूले घरमै बसेर पनि खाता खोल्न सक्नुहुनेछ । ग्राहकको नागरिकता र एक प्रति पासपोर्ट साइजको फोटोको आधारमा बैङ्कमा मुद्दती निक्षेप खाता खोल्न सक्नुहुनेछ ।