धरान / कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरस्थित प्रमुख धार्मिकस्थलहरु मंगलबारदेखि केही दिनका लागि बन्द गरिने भएको छ ।

मन्दिर खुल्ला हुदा मानिसहरुको आउजाउ बढी भीडभाड हुने भएकाले विजयपुरको प्रमुख मन्दिरका पुजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितको बैठकले मन्दिर दशृन बन्द गरिएको हो ।
विजयपुरको प्रमुख मन्दिरहरु बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली, पञ्चकन्यालगायतका मन्दिर चैत २१ गतेसम्मलाई भक्तजनहरुको लागि बन्द गर्ने निर्णय भएको १४ नं. वडाका वडा अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए ।
धरान उपमहानगरपालिकाकाी उपमेयर मञ्जु भण्डारी, वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईसहित मन्दिरका पुजारी, व्यवस्थापन समितिका पदाधिकारीहरुसहितको टोली आज बैठक बसेको थियो । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सबै सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिइ सकेको छ ।