धरान/ अभिनेत्री करिश्मा मानन्धरले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश दिँदै उनले आफूले शुरुका दिनदेखि नै सचेतना अपनाएको भन्दै अरूलाई पनि आफ्नो स्वास्थ्यको ख्याल राख्न भनेकी छन् ।

घरमै बसेर समय कटाउन कठिन भए योग गर्न उनको सुझाव छ । कोरोनाको मनोवैज्ञानिक त्रास हटाउन योग उपयुक्त विकल्प भएको उनको भनाइ छ ।