धरान । स्पेनको बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी फुटबलर लिनोनल मेसीले कोरोनाभाइरसबाट प्रभावितहरुलाई लक्षित गर्दै एक मिलियन अमेरिकी डलर सहयोग गरेका छन् ।

मेसीले क्लब रहेको शहर बार्सिलोनाको एक नागरिक अस्पताललाई एक मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् । स्पेन पनि अहिले कोरोनाबाट प्रभावित पर्ने देशमध्येमा पर्छ । मेसीले आफ्नो आधिकारिक ट्वीटर एकाउण्टबाट जानकारी गराएका छन् । उनले ट्वीट गर्दै एक मिलियन अमेरिकी डलर सहयोग गरेको बताएका हुन् ।

मेसी ६ पटक बालुन डी ओर विजेता खेलाडी हुन् भने विश्वको नम्बर वान खेलाडीको रुपमा पनि दाँज्ने गरिन्छ । तर, उनको समकक्षीको रुपमा भने पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई पनि लिने गरिन्छ ।

बार्सिलोनाका पूर्व व्यवस्थापक पेप गार्डियोलाले पनि एक मिलियन अमेरिकी डलर सहयोग गरिसकेका छन् । कोरोना मुक्त बनाउने अभियान अनुरुप उनल नगद सहयोग गरेका हुन् ।