लक्ष्मीमार्ग / कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग हुने केहि एम्बुलेन्सले भने यात्रुहरुलाई ओसारपसार गरेको पाइएको छ ।

बुधवार साँझ मोरङको लक्ष्मीमार्गस्थित यात्रुहरुलाई ओसारपसार गर्न प्रयोग गरिएको २ वटा एम्बुलेन्सलाई सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गको चेक पोष्टले नियन्त्रणमा लिएको छ । पश्चिम बाट पूर्व जाँदै गरेको को १ च ४६५८ नम्बरको पदमचन्द्र मेमोरीयल हस्पिटल प्रा.लि. पथरी र को.१च ४६४७ नम्बरको सामुदायिक बचत तथा ऋण सहकारी संस्था इनरुवाको एम्बुलेन्सले अस्पतालबाट डिस्चार्ज भएर आएको भनिए पनि बिरामीको कुनैपनि कागजात नभेटिएपछि शंका लागेर सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गले प्रहरी चौकी भाउन्नेलाई बुझाएको थियो ।