इटहरी / इटहरी उपमहानगरपालिकका मेयर द्वारिकलाल चौधरीको ‘डन’ प्रवृति फेरी दोहोरिएको छ । नगरमा कोरोनानियन्त्रण तथा राकथामका लागि के भइरहेको छ भन्ने विषयमा जानकारी प्रत्यक्ष प्रशारणका लागि कुरा गर्न फोन गर्दा एरिना टिभिका एक पत्रकारलाई पत्रकारलाई हप्काएका छन ।
उनले टेलिभिजनका प्राविधीक राजन कटवाललाई धम्की दिएका हुन । ‘फोन राख‘ भन्दैं उनले अपशब्द बोलेको अडियो रेर्कड नै बाहिरिएको छ ।

मेयर चौधरी व्यक्तिगत काममा गत शनिवार काठमाडौ गएका थिए । तीन अघि इटहरी आए पनि सम्पर्क नभएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकीछन् । ‘उहाँको गाडी देखेर आउनु भएको भन्ने थाहा पाए तर सम्पर्क भएको छैन् ।’–उपमहानगरलेले गर्नु पर्ने काम हामीलेहरुले गरिरहेका छौं । आज मात्र ३८ बेडको क्वारेन्टायन तयार गरिसक्यौं ।’ 

नेपाल पत्रकार महासंघ सुनसरीले फोन सम्पर्क गर्दा चोधरीले अश्लिल शब्दमा गाली गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको जोखिमको बेला समाचार संकलन तथा सम्प्रेषण गर्ने पत्रकारलाई सहज ढंगले काम गर्ने वातावरण बनाउनुको साटो अपशब्द बोलेकोमा खेद प्रकट गरिएको छ । स्वतन्त्रतापुर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि मेयर चौधरीबाट पटक पटक प्रेसविरोधी दुव्र्यवहार हुदै आएको भन्दै महासंघले यस्ता कार्य नियन्त्रण गर्न माग गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संविधानले सुनिश्चित गरेको अधिकारलाई निर्वाध र सुरक्षितरुपमा उपयोग गर्ने वातावरण निर्माण गर्न पनि महासंघले माग गरेको छ ।

यस्तो छ फाेन संवाद
पत्रकारः हेल्लो
मेयरः हेल्लो
पत्रकारः सर नमस्कार
मेयरः नमस्कार
पत्रकारः सर म एरिना टेलिभिजनबाट हो
मेयरः क्यारे
पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर
मेयरः फोन राख मु........
पत्रकारः सर सन्नुन
मेयरः फोन राख मा...चुत....
पत्रकारः हैन हौ सर सन्नुन अनि यो हाम्रो
मेयरः फोन राख मा...चुत . तेरो बाउलाई फोन गरेको ? मा.....
मेयरः फोन राख ! मा...चुत..91138600_833968220441511_7271337773376733184_o