विश्व बिजेता बन्नलाई बारूद गोला बनायौ!
आकाश धर्ती जमायौ नाम पनि ठूलै कमायौ !!
 
एउटा मसिनो किराले दुनियाँ विश्व थर्काउँदा!
दर्शक बन्यौ तिमी नै सकेनौ तिन्लाई पड्काउँन !!
 
भागाभाग छ मानव आउँदैछ पछाडि दानव !!
सभ्यता मानव सिध्याउँन हिड्दै छ घर आँगन !!
 
धिक्कार छ तिम्रो दम्भलाई धिक्कार छ अणु भट्टिलाई !
धिक्कार छ तिम्रो साम्राज्य धिक्कार छ तिम्रो बारूज्लाई !!
 
के सक्छौ उसलाई हराउँन रूँदै छौ आफैँ धरधरी !
आउँदै छ कि अझइ बारूज गोला झलझली !!
 
हामी त तेसै कम्जोर सक्दैनौं उसलाई हराउँन !
भागेर आफु एकान्त खोज्दै छौँ उसलाई भगाउँन!!
 
युद्धको नयाँ रणनीति खोजेर बन पाखामा !
लुकेर युद्ध जित्ने छौ नपारी उसलाई आँखामा !!                                                                           उर्लाबारी,मोरङ