धरान । पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन फुटबलर नेइमार जेआरले ब्राजिलका ग्रामीण वस्तीका गरिब तथा अतिविपन्न परिवारलाई सहयोग गर्न अभियान चलाएका छन् ।

उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘कोरोनाभाइरससँगको मुक्तिका लागि ऐक्यवद्धता नै पहिलो शर्त हो ।’ उनले ब्राजिलका गरिब तथा विपन्न परिवारका लागि सहयोग अभियान चलाइरहेका छन् । त्यसक्रममा उनले सबैको ऐक्यवद्धताबाट मात्रै कोरोनाबाट मुक्ति पाउन सकिने आसयको भिडियो सेयर गरेका हुन् ।

ब्राजिलको सरकारले पनि १ सय २० अमेरिकन डलरभन्दा कम आम्दानी गर्ने परिवारलाई अनुदान दिने बताएको छ । फ्रान्सको पिएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी सर्वाधिक महँगा खेलाडीसमेतमा पर्छन् । ब्राजिलमा हालसम्म १ सय १४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार संक्रमित बनेको बताइन्छ ।