जल्दै गरेको देखे,

बल्दै गरेको देखे,

सपनीमा हजुर,

सभ्यताको गजुर ,

ढल्दै गरेको देखे १

.......

पल पलमा तान्डब देखे,

एकान्तबासमा पान्डब देखे,

प्रकृलेले हजुर मान्छे निल्दै ओकल्दै गरेको देखे

......

कामी रहेका मन देखे ,

बेगारी भएको जन देखे

आत्मबिस्वासको चुली ,

गल्दै गरेको देखे ।

विज्ञान रोएको देखे,

चम्चा चलाउनेले हात धोएको देखे

विपतिको घडीमा पनि शक्तिशालीहरुको जुहारी,

चल्दै गरेको देखे ।

........

पैसा नबिकेको देखे

भित्रबाट लास नझिकेको देखे

मानवता बचाउन खातिर

केहीको जागर अविरल ,

फल्दै गरेको देखे ।

२०७६ /१२/१७ बेलका, रामपुर (बेलका नगरपालिकाका मेयर स्वास्तिक थापाको फेसबुक वालबाट)