धरान / आज बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।
निजी सवारी साधान भने चालउन दिने निर्णय गरेको छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइने निर्णय भएको छ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्ने निर्णय भएको छ ।
उपत्यका बाहिरको भने जिनीको हककमा जोरविजोर लागु नहुने भएको छ ।
सरकारले ८० औँ दिनमा तीन चरणमा लकडाउन खुकुलो पार्ने विस्तृत योजना सार्वजनिक गरेको हो ।
उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले तीन चरणमा लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो । पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गरिनेछ ।
जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालन गर्ने गरी जनजीवन सामान्यीकरण गर्न कृषि, उद्योग–व्यवसाय, रोजगारी, निर्माण र सेवालगायतका क्रियाक्रलाप क्रमशः खोल्दै जाने सरकारले निर्णय गरेको छ ।
जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशिकाअनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबैै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा पहिलो चरणमा खुला हुने भएको छ ।