भद्रपुर । प्रधानमन्त्री कप सिनीयर पुरुष तथा महिला राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय खेलमा सहभागी हुन झापा जिल्लाको टिम छनोट गरिएको छ ।

नेपाल क्रिकेट सङ्घद्धारा आउँदो पुष ११ गते देखि काठमाडौँमा आयोजना हुन लागेको प्रतियोगितामा झापाबाट दुइजनाको नेतृत्वमा २५ जनाको टोली छनोट गरिएको हो ।

अङकित सुबेदीको नेतृत्व टोलिमा उप कप्तान मनोज तामाङ, राज थापा, समिर कार्की, बिराट डाँगी, सुजन थपलिया, प्रनिश बिमली, सुमिरन राई, प्रबेश कामती, कमल खत्री, अभ्यास तिम्सिना, ज्ञानु श्रेष्ठ र सचिन श्रेष्ठ रहेको सेलेक्टर हिमाल पोर्तेलले जानकारी दिए ।

त्यसैगरी महिला तर्फ रुबिना क्षेत्रीको नेतृत्वमा काजल श्रेष्ठ उप कप्तान, रोमा थापा, अप्सरी बेगम, सङगिता राई, सबनम राई, लकिता राजबंशी, ज्योति दनवार, निग्मा तामाङ, स्मृति कटुवाल, अलिसा खडिया, निशा शाह, मिलिना श्रेष्ठ र अनिता थपलिया रहेको जिल्ला उपाध्यक्ष तथा महिला कोच बिरु श्रेष्ठले जानकारी दिए ।

प्रदेश स्तरीय खेलमा छनोट भएका खेलाडीहरु प्रदेश १ को टिमबाट प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता जनाउने प्रदेश चिफ सेलेक्टर लाक्पा लामाले जनाए ।

प्रतियोगितामा ३ विभागिय टोली र ७ प्रदेश गरी १० टिमको सहभागिता रहनेछ । जिल्ला टिमका लागि कोच हितेन श्रेष्ठ र टिम मेनेजर तुलसी कार्की छानिएको झापा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रबिन थापाले जानकारी दिए ।