विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् ।

विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं १ आइटीएसफ तेक्वाण्डो टेक्निकल सेमिनार कोर्षको उद्घाटन गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउदै खेलकूदको हबको रूपमा प्रदेशलाई अगाडी बढाउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले खेलाडीहरू राष्ट्रियको गहना भएकोले यस क्षेत्रलाई व्यवसायिक बनाएर खेलाडीहरूको भबिष्य सुनिश्चित गरिनुपर्ने बताए । ‘खेलकुद क्षेत्रमा लागेर खेलाडीहरू अन्यौलमा परेका छन् । पुराना खेलाडीहरूको अवस्था दहनिय छ । हिजो राज्यले खेलकुदा क्षेत्रलाई हेरेन । अब यस क्षेत्रलाई व्यवसायिक बनाउनुपर्दछ,’ मुख्यमन्त्री राईले भने ।

खेलकुद क्षेत्रलाई तीन तहकै सरकारले प्रथामिकतामा राखेरे काम गर्दै आएको पनि बताए । प्रदेश १ सरकारले खेलकुद कानुन पनि बनाइसकेको हुनाले प्रदेशको खेलकुद परिषद पनि छिट्टै गठन हुने मुख्यमन्त्री राईले जानकारी दिए ।

प्रदेश सरकारले एक पालिका एक रंगशालाको अवधारणा पनि अगाडी सारेको मुख्यमन्त्री राईले बताए ।

‘सोही अवधारणा अुनसार एक रंगशाला र कभड हलको पूर्वाधारहरू निर्माणको प्रक्रिया अगाडी बढेको छ,’ मुख्यमन्त्री राईले भने, ‘यसरी पूर्वाधार निर्माणसँगै सबै खेल विधाको हबको रूपमा प्रदेश १ लाई विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।’

उनले अहिले पनि राष्ट्रिय खेलाडीहरूको बर्चश्व कायम प्रदेश १ बाटै रहेको मुख्यमन्त्री राईले बताए । ‘फुटबलमा राष्ट्रिय खेलाडीहरू यही प्रदेशका रहेका छन् ।

मार्सल आट, तेक्वान्दो, कराते अन्य विधाहरूमा पनि यही प्रदेशबाट राष्ट्रिय र अन्तराष्र्टिय पदक ल्याएका छन्,’ उनले भने, ‘खेलाडीहरूको मनोबल उच्च बनाउन पनि प्रदेश सरकार लागि परेको छ ।’

विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय विधाका खेलकुदहरूमा प्रतिस्पर्धा गरेर पदक जित्ने खेलाडीहरूलाई पनि प्रदेश सरकारले सम्मान गर्ने आएको बताए ।

तेक्वाण्डोका १ सय ३५ खेलाडी सेमिनरमा
१ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनर कोर्षमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको छ ।

शनिबारसम्म संचालन हुने दुई दिने सेमिनरमा प्रदेश १ भरीका तेक्वाण्डोका खेलाडीहरूको सहभागि रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए ।

itf (1)

दुई दिनसम्म संचालन हुने सेमिनरमा सैद्धान्तिक र व्यवहारीक पक्षको विषयमा प्रशिक्षण दिइने छ । आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्डोको सेमिनर गरिएको कार्कीले बताए ।

कार्यक्रममा बोल्दै कार्कीले खेलाडीहरू राष्ट्रियको गहना भएकोले राज्यले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नुपर्ने बताए ।

तीन तहको सरकारले खेलकुदल क्षेत्रलाई पहिलो प्रथामकिता राख्ने सकिए मात्र यस क्षेत्र व्यवसाियक बन्दै खेलाडीहरू आत्मनिर्भर बन्न सक्ने बताए । दुई दिनसम्म संचालन हुने सेमिनर तेक्वाण्डोका खेलाडीहरूको लाभदाही हुने उनको भनाई छ ।

सेमिनारमा प्रशिक्षणहरूमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले दिनेछन् ।

सोही अवसरमा तेक्वाण्डोका खेलाडीहरूले आ–आफ्नो कला पनि प्रर्दशन गरेका थिए ।