धरान । नेपाली काङ्ग्रेसको केन्द्रीय खेलकुद विभागले दक्षिण एसियाली खेलकुद (साग)मा पदक जीत्ने धरानका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।
शनिबार धरानमा विशेष कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा तेक्वान्दोबाट स्वर्ण विजेता सिना मादेन, सुशिला राई र स्वास्तिका तामाङलाई सम्मान गरियो भने फुटबल खेलाडी हेमन्त थापा मगर, गल्फ खेलाडी टंक कार्की, शुक्रबहादुर राई र निरज तामाङलाई नगद १० हजार सहित सम्मान गरियो ।
सागमा रजत पदक जीत्ने बास्केटवल खेलाडी आशा राई र तेक्वादो खेलाडी युनिसा राईलाई नगद ५ हजारसहित सम्मान गरिएको आयोजकले जनाएको छ । सागमा काँस्य पदक जिताएका बास्केटबल प्रशिक्षक विकास राई, तेक्वान्दोका प्रशिक्षक मदन राई र गोपाल राईलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक अनुप लामा, टेवलटेनिसका प्रशिक्षक विनोद शाक्य र करातेका मुकेश शाक्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर बिशेष सम्मान प्रदान गरियो ।
त्यस्तै कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कार्यरत नर्स पदमकुमारी राई र धरानका सरसफाईकर्मी गोविन्द मरिकलाई पनि नगद ५ हजारसहित सम्मान गरियो । त्यस्तै यातायात मजदुर विकास राई, महिला अधिकारकर्मी मिना पुलामी र हेमलाल सुब्बालाई पनि सम्मान गरियो । यस्तै धरान जेसिज, लायन्स क्लब, परिवार नियोजन संघ, होप धरान, रेडक्रस सोसाइटी सुनसरी र संजिवनी पुर्नस्थापना केन्द्रलाई पनि संस्थागत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा संघसंस्थाहरुलाई सभापति एवं विभागका केन्द्रीय सदस्य किसोर राई, प्रमुख अतिथि एवं विभागका प्रमुख, पुर्वमन्त्री मोहन बस्नेत, प्रदेश १ का पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बा, प्रदेश १ सभाका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालालगायतले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।