खाँदबारी। खाँदबारी रंगशालामा हिजोबाट सुरु भएको तेस्रो मेयर कप भलिवल प्रतियोगितामा आज दोस्रो दिन ८ खेल हुने भएको छ । आज विहान ८ वजेदेखि सुरु भएको खेलमा पहिलो खेल सभापोखरी गाउँपालिका र भोजपुरको साल्पासिलिछो गाउँपालिकाबीच भई रहेको छ ।
त्यसैगरी दोस्रो खेलमा पाँचखपन नगरपालिका र सिलीचोङ गाउँपालिकाको प्रतिस्पर्धा हुने भएको छ , तेस्रो खेल मकालु गाउँपालिका र चिचीला गाउँपालिका, त्यस्तैे मादी नगरपालिका र भोटखोला गाउँपालिका, साल्पासिलिछो र चैनपुर नगरपालिका, सिलीचोङ गाउँपालिका र षडानन्द नगरपालिका, सातौँ खेल चिचीला गाउँपालिका र धर्मदेवी नगरपालिका र अन्तिम खेलमा मादी नगरपालिकाले र खाँदबारी नगरपालिकासंग प्रतिस्पर्दा गर्र्र्र्र्र्र्नेछ ।
खाँदबारी नगरपालिकाको स्थापना दिवसको अवसरमा सोर्गीय किरण शाक्यको स्मृतिमा खाँदबारी नगरपालिकाको आयोजना तथा खाँदबारी नगर खेलकुद विकास समितिको व्यवस्थापन र सङ्खुवासभा जिल्ला भलिवल संघको प्राविधिक सहयोगमा तेस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता हिजो विहिबारबाट शुरु भएको हो । सुरुवाती खेलमा खाँदबारी नगरपालिकाले भोटखोला गाउँपालिकालाई पराजित गर्दै जित हात पारेको थियो ।
प्रतियोगितामा सङ्खुवासभा जिल्लाका १० वटै स्थानीय तह र छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सहभागिता रहेकोे छ ।
प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैँया सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले ७० हजार ट्रफि, पदक र प्रमाणपत्र र तेस्रो हुने टोलीलाई ४० हजार प्रदान गरिनेछ । सान्त्वना टिमले १० हजार प्राप्त गर्नेछन ।
उत्कृष्ट खेलाडीतथा अनुसाशित टिमलाई ५ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्पाइकरलाई जनही तीन हजार रुपैँया प्रदान गरिने नगर खेलकुद विकास समितिको अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिता खाँदबारी नगरपालिकाको रंगशालामा १८ गते सम्म हुने खाँदबारी नगरपालिकाले जनाएको छ ।