पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा तीन दिनेनक आउट फुटबल रमाइलो च्यालेन्ज कप हुने भएको छ ।
कानेपोखरी समाज सेवा काठ्माडौंको आयोजनामा हुने फुटबल च्यालेन्ज कप आज शनिबार देखी सुरु भएर सोमबार समापन हुने भएको हो । खेल वडा नं. ६ को जनसेवा माविको खेल मैदानमा हुने भएको छ । खेलको टिम व्यवस्थापन रमाइलो युवा परिवारले गर्ने भएको छ ।
कानेपोखरी युवाक्लब, मातृभूमि समाज सेवा क्लब नारायण चोक, हिमाल युनाईटेट क्लब बिहिबारे, शुभकामना बहुउद्देशिय क्लब दलेली, रियल स्टार दुम्रीघाट, नवप्रतिभा युवा क्लब हरकपुर, होक्लाबारी युवा क्लब होक्लाबारी र कानेपोखरी सेवा समाज काठ्माडौं आयोजक गरी ८ टिमले भाग लिएका छन् । ‘ए’ समूह र ‘बि’समूहबाट खेल संचालन हुने खेल संयोजक जयराज संयोगले बताए ।
आज शनिबार पहिलो चरणको खेल ८ वटा टिमले एकै दिन खेल्ने भएको छ । त्यैगरी सेमिफाइनलको खेल आइतबार र फाइनल खेल सोमबार हुने पत्रकार सम्मेलनमा आयोजकले बताएका छन् । खेल खेल्ने आउने क्लबले १ हजार प्रवेश शुल्कआयोजकलाई बुझाउनु पर्ने छ ।
प्रतियोगितामा विजेता टिमले २५ हजार र उपविजेता टिमले १५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने समाजका अध्यक्ष मेघेन्द्र पराजुलीले बताए । खेलमा म्यानअफ द म्याच र हाई स्कोररलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएका छन् ।
खेलमा कानेपोखरी गाउँपालिकाले १ लाख ६३ हजार सहयोग गरेका छन् । त्यसैगरी खेलको दोस्रो पुरस्कार फुयल सुनचाँदी पसलका संचालक डिल्ली फुयलले प्रदान गर्ने भएको छ । खेलमा जम्मा ७ लाख हुने बताएका छन् ।
कार्यक्रममा प्रमुखअतिथि कानेपोखरी गाउँपालिकाअध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए । पत्रकार सम्मेलनमाअध्यक्ष काफ्लेले जनसेवाको खेल मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको मैदान बनाउने छलफल भैरहेको बताए ।
मैदानको पूर्व दक्षिणको केही घरहरु व्यवस्थापन गरेर उत्तर दक्षिणको खेल मैदान निर्माण गर्न ४ बर्ष अघि देखि पहल र छलफल भैरहेको अध्यक्ष काफ्लेले बताए ।
कार्यक्रममा समाजसेवी मोहनगौतम, डिल्ली फुयल, जयराज संयोक, सुनिल पराजुली, कुमार फुयल र अशोक फुयललगाएत उपस्थित रहेका थिए ।