मधुमल्ला। मोरङको मिक्लाजुङ गाउँपालिकामा शनिबारबाट सुरु प्रदेश १ स्तरीय प्रथम खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको आज (शनिबार)को खेलमा दमक, उर्लाबारी र एपीएफ पकली सुुनसरीले बिजयी हाँसील गरेको छ । 

आजको खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले नेटमा भलीवल हानी गरेका थिए ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी देवी प्रसाद आचार्यले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको बताए । 

शनिबारको पहिलो खेलमा दमक भलीवल र पाँचथर भलिवल बिचको खेलमा दमक भलिवलले पाँचथर भलीवललाई सोझो  २५–१९,२५–२३ र २५–२३ सेटले हराउँदै जित हाँसिल ग¥यो ।  त्यस्तै दोस्रो खेलमा उर्लाबारी भलिवल र रामधुनी नगरपालीका बिचको खेलमा उर्लाबारी नगरपालीकाले  रामधुनी नगरपालीकालाई  २५–१७, २५–२२ र २५–१४ को सोझो सेटले हराउँदै दोस्रो चरण प्रवेश गरेको छ ।

  त्यस्तै तेस्रो खेलमा  एपीएफ सुनसरी र बुढीगंगा गाउँपालिका मोरङ बिचको खेलमा एपीएफ सुनसरीले बुढीगंगा गाउँपालिका बिचको खेल निक्कै आक्रामक रह्यो । पहिलो दुई सेटमा बुढीगंगा गाउँपालिकाले २७–२५,२७–२५ ले जित हातपारेको थियो तेस्रो सेटबाट एपीएफ पकलीले २५–२२,२५–२० र १७–१५ को सेटले हराउँदै जित सुनिस्चीत ग¥यो । 

पहिलो, दोस्रो र तेस्रो खेलमा म्यान अफ द म्याच पाँचथर भलिवलका जर्सी नं. ६ का कृष्ण चापागाई, उर्लाबारी भलिवलका जर्सि नं. १० का संजिब धिमाल र एपीएफ सुनसरीका जर्सि नं. ४ का रामबहादुर श्रेष्ठ घोषित भए ।  

भोलीको पहिलो खेल बबिया बिर्ता रंगेली र बिमान ट्रेडर्स बिर्तामोड, दमक भलिवल र भोजपुर भलीवल, उर्लाबारी नगरपालिका र खेलकुद बिकास समिति गौरादह, एपीएफ शुनशरी  र आयोजक मिक्लाजुङ गाउँपालिका बिच हुने खेल आयोजक समितिका सदस्य महावीर राईले बताए ।   खेलमा उपबिजेता टिमहरुलाई सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाबाट १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमस नगद एक लाख एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता आगामी माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।

game