विजयपुर। पञ्चकन्या समूहको दोस्रो उद्योग प्रदेश ५ को भैरहवामा सञ्चालनमा आएको छ । 

उद्योगले स्टेनलेस स्टिल ट्याङ्की उत्पादन गर्दै आएको छ । समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्घाटन गरे । बिहीबारबाट नियमित उत्पादन सुरु गरेको छ । उनले आफ्नो उत्पादन भारतीय बजारमा समेत निर्यात गर्ने उद्देश्य रहेको जानकारी दिए । 

उद्योगले स्टेनलेस स्टिलको १० हजार लिटरको ट्याङ्की पहिलोपटक उत्पादन गरेको जनाइएको छ । उद्योगले २ सय ५० देखि १० हजार लिटरसम्मका ट्याङ्की उत्पादन गर्ने जनाएको छ । उद्योगले वार्षिक ८० हजारवटा ३ सय ४ तथा ३ सय १६ ग्रेडका ट्याङ्की उत्पादन गर्ने जनाएको छ ।

समूहको पहिलो उद्योगले भारतको लखनउ र कलकत्ताका निर्यात गर्दै आएको जानकारी दिएको छ । उद्योगको दोस्रो उत्पादन उत्तर भारतमा निर्यात गर्ने समूहका उप–महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।