झापाको बिर्तामोडमा सञ्चालित टेम्पो चालकलाई क्युआर कोड वितरण गरिएको छ । । सिभिल बैंकले नगदरहित अभियानको निरन्तरता स्वरुप टेम्पो चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान गरेको हो ।


‘ग्लोबल मनी विक’को अवसर पारेर बैंकले पूर्वेली मजदुर यातायात प्रालिसँगको सहकार्यमा क्यु आर कोड वितरण गरेको बैंकका बिर्तामोड शाखा प्रमुख टंक पौड्यालले जानकारी दिए । 


बैंकका प्रदेश १ प्रमुख राजेश ढकालले टेम्पो चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेर अभियानको उद्घाटन गरका थिए ।


कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख ढकालले बैंकले आफ्ना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गरे । उनले यातायातका अन्य साधनहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।


बिर्तामोड शाखा प्रमुख पौड्यालले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा जानकारी गराएका थिए । 


कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बास्तोलाले सिभिल बैंकले उपलब्ध गराएको क्युआर कोडले चालकहरुलाई स्मार्ट बनाउने बताए । उक्त अवसरमा टेम्पो चालकहरुलाई बैंकको तर्फबाट चालक पोशाक पनि वितरण गरिएको थियो । 


समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको छ । बैंकले करिब ८१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी  ७६ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।