विजयपुर। टिसिएल ब्राण्डले नयाँ वर्षको अवसरमा ग्राहकलाई अफर दिन थालेको छ ।
चैत ११ गतेदेखि टिसिएल ब्राण्डका इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका समान खरिद गर्ने ग्राहकलाई अफर दिन थालेको हो । अफरमा टिसिएल ब्राण्डका टिभी, वासिङ मेसिन, एयर कण्डिसनर खरिद गर्दा अफरमा ग्राहकले क्यासब्याक पाउनेछन् ।
टिसिएल ब्राण्डको ३ वर्षको वारेण्टी भएका टिभीमा ७२ हजार ९ सयसम्म क्यासब्याक पाउनेछन् । मोटर र पिसिबीमा ५ वर्षको वारेण्टी भएको फ्रण्ट लोडिङ आफर पाउनेछन् । वासिङ मेसिनमा ५ केजी थप वासिङ पाउडरका साथै १४ हजार ६ सयसम्म क्यासब्याक पाउनेछन् ।
३ वर्ष वारेण्टी भएको टप लोडिङ वासिङ मेसिन खरिद गर्दा ५ केजी थप वासिङ पाउडरका साथै ७ हजार ५ सयसम्म क्यासब्याक आफर पाउनेछन् । एयर कण्डिसनरमा ५ वर्ष वारेण्टी र निःशुल्क जडान उपलब्ध गराउँदै आएको छ । टिसिएल ब्राण्ड चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सको इओएलले नेपाली बजारमा बिक्री गर्दै आएको छ ।