उर्लाबारी । कोरोना भाईरसको संक्रमण क्रमिक रुपमा बृद्धि हुन थालेपछि उर्लाबारी नगरपालिकाले नगरमा रहेका बैकिङ क्षेत्रका सेवाहरुलाई हप्तामा तिन दिन मात्र परिपत्र गरेको छ ।
आईतबार नगर प्रमुख खड्ग फागोद्धारा जारी बिज्ञप्ती नगरमा रहेका बैक, वित्तीय संस्था र सहकारी संस्थाहरुलाई हप्तामा सोमबार, बुधबार र शुक्रबार बिहान १० बजे देखि २ बजे मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई खोल्न उल्लेख गरीएको छ ।
नगरमा दुई दर्जन बैक तथा बित्तिय संस्था र चार दर्जन सहकारी संस्थाहरुले वित्तिय सेवा प्रदान गर्दै आएका छन ।