विजयपुर । धरान उपमहानगरपालिका भित्र सञ्चालित बंैङ्क तथा वित्तिय संस्थाहरु बन्द हुने भएका छन् ।

सोमबार धरान उपमहानगर पालिकामा बैङ्क तथा वित्तिय संस्थाका प्रतिनिधिसहित बसेको बैठकले जेठ–७ गतेसम्म बंैक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय भएको हो । धरान उपमहानरले एक विज्ञप्ति जारी गर्दै ७ गतेसम्म बन्द रहने जानकारी दिएको छ । दोस्रो लहरको कोरोना भाइरस उपमहानरमा पनि दिन प्रतिदिन बढ्दै गएकाले अति आवश्यकीय भनिएको बैंक तथा वित्तिय संस्था पनि बन्द गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सेवाग्राही (भौतिक रुपमा) प्रत्यक्ष उपस्थित भई गर्ने सम्पुर्ण सेवा बन्द रहने जनाइएको छ । तर, बैंकका एटिएम, मोबाइन बैंकिङलगायतका सेवा भने सुचारु रहने जानकारी दिइएको छ । साथै बैंक तथा वित्तिय संस्थाका सम्पर्क व्यक्तिको मोवाइल नम्बरमा सम्पर्क गरेर जानकारी लिन सकिने जनाइएको छ ।