विराटनगर/ निषेधज्ञाको मौका छोपेरको मोरङको पूर्व दक्षिण क्षेत्रको सीमा नाकाहरूदेखि ब्राण्डेड मदिराको तस्करी हुने गरेको छ । 

मोरङ प्रहरीबाट खटिएको विशेष टोलीले मोरङ जहदा गाउँपालिका १ बुधनगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गादेखि ठूलो परिमाणमा तस्करी हुन लागेको ब्राण्डेट मदिरा बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको  छ । 

को ३२ प.९५२१ नम्बरको होण्डा र को. २० प. ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको अन्दाजी ४ लाख ९० हजार ६ सय बराबरको मदिरा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । 

प्रहरीले दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उंमग लेखिएको ३०० मिली ग्रामको २ सय ७७ काटुन र  बिभीन्न ब्राण्डका खुल्ला मदिरा १ हजार ९ सय बोतल बरामद भएको डिएसपी राईले जानकारी दिए । बरामद भएको मदिरा अजय यादवको रहेको बुझिएको छ ।