धरान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत धरानका चार वडाका किसानलाई बोयर र खरी जातका बोका वितरण गरिएको छ । 

बाख्राको नश्ल सुधारका लागि २० वटा बोयर र १० वटा खरी जातका बोका वितरण गरिएको धरान उपमहानगर पशु सेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराले जानकारी दिए । उनका अनुसार धरान–४, ५, ६ र २० नम्बर वडाका व्यवसायिक किसान, समूह, वन उपभोक्ता समितिमा आवद्ध किसानलाई बोका वितरण गरिएको हो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलगायतको उपस्थितिमा बोका वितरण गरिएको थियो । सङ्घीय सरकारको शर्शत अनुदानबाट प्राप्त ९ लाख रुपैयाँ बजेटबाट बोका खरिद गरी किसानलाई वितरण गरिएको हो ।