विराटनगर/ अधिकाशं पुरानो कार्यक्रमलाई निरन्तरा दिदै विराटनगर महानगरपालिकाले आगमी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । आठौँनगर सभामा बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम अधिकाशं पुराना कार्यक्रमलाई निरन्तार दिएको हो ।

नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतमा दिएको छ । यस्तै लैंगिक सामानता तथा सामाजिक समावेशीकरण, सुशासन तथा सेवा प्रभाव, अधुरा आयोजनाहरुको कार्यन्वयन, फोहोरमैलाको दिगो व्यवस्थापनलाई पनि महानगरपालिको नीति तथा कार्यक्रमलाई प्रथामिकतामा राखेको छ । विगतको वर्षमा निरन्तरा दिदै आएको उपप्रमुख योजना अन्तर्गत ‘छोरी बचाउ छोरी पढाउ’ अभियानलाई यस वर्ष पनि निरन्तार दिएको छ । विराटनगर १५ र १९ वडामा १५ शैय्याको अस्पताल निमार्ण गरि संचालन गरिने भएको छ ।

विराटनगर १९ मा रहेको स्वास्थ्य चौकीमा पेलेयाटिक केयर स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेखछ । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्ता दिने भएको छ । मेडीकल कलेज तथा निजी अस्पताल संघसँग्को सहकार्यमा महानगरपालिका भित्रका विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भएको छ । कार्यविधी तयार गरि महानगरको ५० र सुकुम्बासी विपन्न परिवारको पचास प्रतिशत साझेदारीमा स्वास्थय बीमा लागू गरिने भएको छ । महानगरभित्र बाल अस्पताल सम्झाव्यता अध्ययन तथा निमार्णका लागि आवश्इक सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेखछ ।

यस्तै विपन्न नागरिकहरुका लागि उपलब्ध गराउँदै आएको उपचार सहयोग कार्यक्रमलाई निरन्तरा दिनेछ । अपाङ्गता न्यूनिकरणका लागि नव दम्पतिहरुलाई सचेतामुलक शुभ किामना कार्ड वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेखछ । महानगरपालिका भित्रको सबै वडाहरु व्यवस्थित वडा कार्यालयहरु निमार्ण गरिनेछ । यसतै धरान विारटनगर करिडोर बलभद्र राजमार्ग मा निर्माणधिन चारवटा आकाशे पुलहरुको निर्माण सम्पन्न गरिने भएको छ । 

यस्तै महानगरपाकिाले आर्थिक ऐन २०७८ ल्याएको छ । अर्थसम्बन्धी प्रस्ताबलाई कार्यन्वयको लागि नगरसभादेखि स्वीकृत गरेर आर्थिक ऐन ल्याएको हो । 

महानगरले ल्याएको आर्थिक ऐनले निर्देष्टि गरेको दररेटहरु आउँदो साउन १ गतेदेखि लागू हुनेछ ।