मोरङको मिक्लाजुङ गाउँपालिकाको आठौं गाउँ सभामार्फत आव. ०७८/७९ को लागि कुल ७० करोड ७१ लाख ८० हजार बजेट प्रस्तुत गरिएको छ । 

बिहीबार उपाध्यक्ष सरला राईले बजेट प्रस्तुत गरिन् । जसअन्तर्गत नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, नेपाल सरकारबाट राजस्व बाँडफाँड ८ करोड ५ लाख ७७ हजार, प्रदेश सरकारबाट  वित्तीय समानीकरण अनुदान ६८ लाख ७ हजार, प्रदेश सरकारको सवारी साधन कर बाँडफाँड ४७ लाख ४८ हजार, संघीय सरकारको समपुरक कोषबाट २ करोड ४२ लाख, मालपोत रजिष्ट्रेशनबाट ३५ लाख आन्तरिक स्रोतबाट  ६ करोड ५० लाख सञ्चित कोषमा रहेको  रकम  ३ करोड  ९७ लाख  ४८ हजार र शिक्षा तथा स्वास्थ्य आदि विषयगत कार्यालयका लागि सशर्त अनुदानतर्फ ३६ करोड ५७ लाख गरी जम्मा ७० करोड ७१ लाख ८० हजार रुपैयाँ अनुमानित आय ८ औं गाउँ सभामा पेश भएको हो ।

जसअन्तर्गत पुँजीगत खर्च २२ करोड ५३ लाख, चालु खर्च ११ करोड ६१ लाख ८० हजार र सशर्त अनुदान ३६ करोड ५७ लाख रहेको छ । यस वर्ष पालिकाले सबै भन्दा बढी रकम सार्वजनिक निर्माण छुट्ट्याएको छ । सार्वजनिक निर्माणमा मिक्लाजुङ गाउँपालिकाका महत्वपूर्ण योजनाहरुका लागि १४ करोड ८ लाख रकम विनियोजन गरिएको छ ।

 त्यस्तै कृषि  विकास कार्यक्रममा ४३ लाख ३० हजार, पशु विकाश कार्यक्रममा ६७ लाख, न्यायिक समिति ७ लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यक्रम १३ लाख, सामाजिक विकास कार्यक्रम ४८ लाख, स्वास्थ्य कार्यक्रम ५३ लाख र शिक्षा खेलकुद तथा संस्कृति विकास कार्यक्रममा १ करोड ३० लाख रकम विनयोजन भएको छ ।