बेलबारी/कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले गरेको बन्दाबन्दीले दैनिक जीविकोपार्जन गर्दै आएका परिवार प्रभावित बनेपछि सुन्दरहरैंचास्थित नवदुर्गा स्टोर क्रसर प्रालिले राहत प्रदान गरेको छ ।
सुन्दरहरैंचा ६ गछियास्थित क्रसर प्रालिले एक सय परिवारलाई शुक्रबार राहत प्रदान गरेको हो । प्रालिका सञ्चालक कर्णबहादुर श्रेष्ठले सरकारले गरेको बन्दाबन्दीका कारण मजदुरहरु प्रभावित बनेको जानकारी आएपछि संस्थामार्फत् राहत वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार बाह्र वर्षअघिका आफ्ना कम्पनीका मजदुरलाई राहत विरण गरिएको हो । उनीहरुलाई जनही २५ केजी तौलको एक बोरा चामल, १ सय ६० केजी दाल, १६ कार्टुन तेल र १ सय पोका नुन वितरण गरिएको श्रेष्ठले जानकारी दिए । उक्त क्षेत्रमा २०५२ सालमा स्थापना भएर २०६३ सालसम्म सञ्चालनमा आएको थियो । हाल उक्त क्रसर धरानको आफ्नै जग्गामा सञ्चालनमा ल्याएका छन् ।
बन्दाबन्दीमा कोही पनि भोकै बस्नु नपरोस् भनेर राहत विरतण गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, वडाध्यक्ष जीवन राईलगायतको उपस्थितिमा एक सय मजदुरको परिवारलाई खाद्यान्न दिइएको हो । उक्त कार्यक्रम होप धरानको सहकार्यमा गरिएको थियो ।