झापा। एकका लागि एक अभियानद्धारा सञ्चालित अक्सिजन बैंक स्थापनाका लागि सिलिण्डर खरिद गर्न साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–१ ले ३१ हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाले आइतवार बिर्तामोडमा ११ औ स्थापन दिवस तथा १० औ बार्षिकोत्सव अवसर पारेर उक्त सहयोग गरेको हो । संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले अभियानका संयोजक महेन्द्र गिरी, सह संयोजक विनोद वस्नेत उक्त रकम प्रदान गरेकी थिइन् ।
कार्यक्रममा अभियानका संयोजक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्र गिरीले अभियानलाई विश्वास गरेर अभियान समाप्त भएपनि अक्सिजन सिलिण्डर खरिदका लागि आर्थिक सहयोग जुट्ने क्रम नरोकिएको बताए । उनले हालसम्म एकहजार एकसय १६ वटा सिलिण्डर खरिदका लागि रकम संकलन भएको बताए ।
सहकारीले ठूलाठूला सामाजिक कार्य गर्न सक्ने बताउँदै सामाजिक उत्तरदायित्व अन्र्तगत सहकारीले समुदाय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि कार्य गर्नु पर्नेमा जोड दिए । उनले संस्था ठूलो होइन राम्रो बनाउन समेत सुझाव दिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष बस्नेतले अक्सिजनको अभावमा कोही पनि विरामीले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले अभियानलाई आर्थिक सहयोग गरिएको बताइन् ।
त्यसैगरी संस्थाले व्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको भवन निर्माणका लागि ११ हजार र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाआश्रममा रहेका बृद्धबृद्धालाई एकदिनको खाना खर्च बापत ४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले जानकारी दिए ।