युनियन लाइफ इन्स्योरेन्सले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । 

कम्पनीको आईपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओ सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीका लागि र ३ लाख २२ हजार  ५ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणालाई बिक्री खुला गरेको हो ।