युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक निष्कासनको पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । 

एकानब्बे करोड ६० हजार रुपैयाँ बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको आईपीओको निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यो आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

साढे ६४ लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्कासन गरिएकोमा निष्कासनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जनाको आवेदन परेको हो ।