होटल तथा लज व्यवसायी इटहरीको नवौं अधिवेशनले उमेश दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा राम कार्की, उपाध्यक्ष प्रथम कैलाश विष्ट, उपाध्यक्ष द्वितीय प्रीति माया सुनवार त्यस्तै महासचिव दीपक पोखरेल, कोषाध्यक्ष राजन बस्नेत रहेका छन् ।
महाधिवेशनले सचिवमा विनोद कार्की, सह कोषाध्यक्ष रुपेश दाहाललाई छनोट गरेको छ । यस्तै सदस्यहरुमा दुर्गा थापा, केशव गिरी, धनमाया श्रेष्ठ, मोहन श्रेष्ठ, पूर्ण लिम्बू, भेषराज बराल, छत्र तिम्सिना रहेका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ का प्रदेश सांसद लिलम बस्नेतको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

प्रमुख अतिथि बस्नेतले व्यवसायीहरु विचारमा विविधता भए पनि व्यवसायमा भने एक हुनुपर्नेमा जोड दिए । उनले होटल व्यवसायीको समस्यामा समाधानका लागि कार्यसमितिले भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नवनिर्मित समिति अध्यक्ष दाहालले व्यावसायिक हकहितमा डटेर लाग्ने बताए । उनले सङ्कटमा परेका व्यवसायीलाई चलायमान बनाउन हरकदम लागि पर्ने प्रतिवद्धता जनाए ।